नक्सालतिर सुदन किराँतीको हावा

राजनीति समाचार

काठमाडौं । क्रिश्चियन मन्त्री सुदन किराँती विवादमा परे । उनी बढी बोल्छन्, फुटपाथमा केरा किन्दा १५० को सट्टा २ सय नै दिन्छन् । माओवादी त गरिबीले थलिएका एक छाक खाने एक सरो लगाउने हम्मे हम्मे भएका निमुखाहरुको पार्टी बन्नुपथ्र्याे । तर त्यो कुलिन वर्गको पार्टी भयो । त्यो पार्टीबाट सत्तामा पुगेका नेताहरु मन्त्री भएको वर्षदिनमा करोडपति भएका उदाहरण छ ।

कसरी बन्छ काठमाडौंमा आलिसान बंगला र भिआईपी गाडी ? माओवादी समाजमा स्थापित बन्नै सकेन । जसले कुम्लो बुझाउँछ, उसैले टिकट पाउँछ, जो भ्रष्ट छ, उसकै कुरा चर्का हुन्छन् । आफ्नो कार्यक्षेत्रको भेउ नपाउने र प्रतिष्ठान तथा परिषद्का सदस्य माथि धम्काउने बढेका छन् ।

बालमन्दिरमा नेपाल नाट्यकला एकेडेमी छ । निशा शर्मा एकेडेमीकी कुलपति हुन् । शम्भु राई उपकुलपति कुश्मा महरा, सदस्य सचिव कर्ण गौतम, चेतन सापकोटा, टिका पुन, भक्त हमाल, हिसान मगर सदस्य छन् । माओवादीका मन्त्री सुदन किराँतीले हो अहिले शभ्भु राईलाई एकेडेमीको जमिन १५ रोपनी एक व्यापारी घरानालाई दिलाउन दबाब दिएको । सरकारी जग्गा कब्जा गरेका अरुण चौधरी जग्गा फिर्ता गर्छु अरु कारबाही माफी होस् भन्दै रुँदैछन् । दाजु विनोद चौधरीको सत्तासिन रवाफ छँदैछ । बालमन्दिरकै १७ रोपनी जमिन कब्जा गर्ने आशिष अग्रवालको विशाल गु्रप समूहले हो ।

राज्यको निर्णायक ठाउँमा बसेर कुम्ल्याउने तर जनताका बिचमा इमान्दार हुने सुदन किराँती जस्ता जोक्कर मन्त्रीलाई पशुपतिनाथमा क्रिश्चियन व्यक्तित्वलाई पठाएर हिन्दूहरुमाथि दमन गरेजस्तो सहज बालमन्दिरको जग्गा प्रकरण नहुन सक्छ । अहिले सरकारले राज्यको सम्पत्ति धमाधम फिर्ता ल्याउने र आफ्नै अधिनमा राख्ने अभियान चलाएको छ । त्यो अभियानको साक्षी आँफै भएका सुदनलाई कति पैसा मिल्यो सोध्नैपर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *