आशलाग्दा युवा नै बद्नाम

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचारमा मुछिएर बद्नाम भएका मात्र होइनन्, अख्तियारले डामेका व्यक्तिहरु पनि कांग्रेसकै रुपमा छन् । कसैले बिपीको समाजवादी मोडललाई बोकेका छन् । ती ठाउँमा छैनन् । अदालतको मुद्दा समयमा फैसला गर्न नदिएर दबाउने तिनै गर्छन् । चिरञ्जीवी वाग्ले, जेपी गुप्ता, विजय गच्छदार आजका भ्रष्टाचारी होइनन् । माधव नेपाललाई नलागेको ललिता निवास काण्डले विजयलार्ई सतायो । तर कांग्रेसका बैठकको मेलोमा उनी देखिन्छन् ।

पछिल्लो पटक टेरामक्स काण्डका ज्ञानेन्द्र कार्की र मोहन बस्नेत चर्चामा छन् । सो काण्डमा ३ अर्ब ८७ करोडमा चुना लाग्यो । बालकृष्ण खाँड त नक्कली भुटानी शरणार्थी प्रकरणमा आँफैंले आङटावा शेर्पासँग १ करोड फिर्ता गर्न पठाएकोमा काम फत्ते नपार्दै पक्राउ परे । यो काण्डमा १ करोड ३५ लाख लिएको भनियो । डा.आरजु देउवाको कुरै नगरौं । उनी जनार्दन शर्माको पालामा तार काट्ने मुसाको संरक्षक थिइन । उनले विदेशबाट भित्र्याएको सेनिटरी प्याको बजार चम्काउने र नेपाली उद्योगलाई डुबाउने राजस्वकै दरमा फरक पारियो । देउवाले ५ प्रतिशत कर लगाए । उद्योगीले २५ प्रतिशत कर तिर्थे ।

सबै दलका आश लाग्दा युवा नै बद्नाम छन् । माओवादीका गणेश पुन हराए । माधव सापकोटा, राजन दाहाल जस्ता व्यक्ति आफ्नो गृह जिल्लामा बद्नाम छन् । कांग्रेसका गगन थापा सांसद भएको चार पटक भयो । यिनका योजना स्मरण योग्य छैनन् । प्रदिप पौडेलका कुरा मात्र हुन्, यी मन्त्रीको लागि बाटो कुरेका छन् । विश्वप्रकाश शर्मा, कृष्ण सिटौलाको सेपमा छन् । बद्नाम हुनेमा गोकुल, महेश, सूर्य थापा पनि हुन् । योगेश भट्टराईको कार्यक्षमता थिएन । गोकर्णले काम गरेजस्तो गरेर कमाए ।

वर्तमान राजनीतिक दुर्गन्धित छ । त्यो दुर्गन्धले लोकतन्त्रलाई बद्नाम बनाएको छ । कांग्रेसको गोदावरी जमघटमा युवा मानिएका महामन्त्रीद्वयले पार्टीको भावी योजना र राजनीतिक रंग त प्रस्तुत गरे, तर पार्टीकै प्रतिपक्षी डा.शेखर गुटले संघ र प्रदेशतिर मच्चाएको गुटको भेउ नै पाएन । देशका युवाहरु यसरी सड्नुको कारण व्यक्तिगत स्वार्थ भन्दैछन् केही बुद्धिजीवीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *