महिला हिंसामा पुरुष दोषी कि महिला ?

राजनीति समाचार

काठमाडौं । यतिबेला अधिकांश महिलाहरुले पुरुषलाई विभिन्न बहानामा फसाउने क्रम बढेको छ । महिला हक अधिकारको दुरुपयोग गर्दै पुरुषहरुलाई यो वा त्यो बहानामा फसाउने क्रम जारी छ । कसैले यौन दूव्र्यवहारको नाममा, कसैले आर्थिक लेनदेन त कसैले अवसर नपाएको नाममा पुरुषलाई फसाउने गरेको घटनाहरु बढिरहेका छन् ।

त्यसरी फस्नेमा उच्च ओहदाका कर्मचारीदेखि राजनीतिक दलका नेता, मन्त्री, व्यापारी, विभिन्न संघसंस्थाका सञ्चालकसमेत मुछिने गरेका छन् । तल्लो दहका महिलाहरुले काम बिगारेको खण्डमा माथिल्लो निकायका प्रमुखहरुले प्रश्न उठाउँदा महिलाहरुले आफूमाथि दूरव्यवहार गरेको आरोप लगाउने गरेको पाइन्छ । त्यस्तै राजनीतिक दलका नेताहरुले महिला कार्यकर्ताहरुलाई भनेअनुसारको अवर दिननसक्दा पनि आफूमाथि यौन दूरव्यवहार भएको भन्ने आरोप लगाउने गरेको पाइन्छ । कतिपय महिलाहरुले समस्या परेको बेला पैसा लिने र तिर्ने बेलामा दूरव्यवहारको आरोप लगाउने गरेका छन् ।

कसैले आर्थिक लेनदेनको आरोप, कसैले राजनीतिक पद त कसैले अफेयरको नाममा फसाउने गरेका छन् । यसरी महिलाहरुले पुरुषलाई दोष लगाइरहँदा कतिपय निर्दोष पुरुषहरु बिनाका कारण कारबाहीको भागिदार हुने गरेका छन् । कतिपयको घरव्यवहार बिग्रिएको छ भने कतिपयको मानसम्मान, इज्जत,प्रतिष्ठा र पद गुमेको अवस्था छ ।

यसो भनिरहँदा सबै पुरुषहरु राम्रा छन् महिला मात्रै खराब हुन् भन्ने होइन । पछिल्लो समय पुरुषहरुले महिलामाथि दूरव्यवहार गर्ने गरेका घटना पनि त्यत्तिकै जघन्य छन् । पुरुषहरुले पनि आर्थिक, सामाजिक, राजनीतिक, अवसर र जागिरको प्रलोभवनमा पारेर महिलामाथि शारीरिक र मानसिक रुपमा दूरव्यवहार गर्दै आएका छन् । कतिमय महिलाहरु पुरुषबाट यौन दूव्र्यवहारदेखि ज्यान गुमाउनसम्म वाध्य हुनुपरेका घटनाहरु पनि जगजाहेर छन् । महिला कलाकारहरु आर्थिक सहयोग र अवसर दिने नाममा पुरुषबाट पीडित छन् ।

होटेल, रेष्टुरेन्ट, कार्यालय विभिन्न सामाजिक संघ, संस्था, गैरसरकार संघ र संस्थाहरुमा पुरुषबाट महिलाहरु यौन दूरव्यवहारमा पर्ने गरेका छन् । खासगरी पुरुषबाट यौन दूरव्यवहारमा पर्ने महिलाहरुमा दूरदराज गाउँबाट अवसरको खोजीमा शहर पसेका सोझासिधा महिलाहरु छन् । उनीहरुलाई गाउँबाट शहर आएपछि अवरको खोजीमा पुरुषको शरणमा पुग्छन् । त्यो कमजोरीको फाइदा उठाउँदै पुरुषले महिलामाथि शारीरिक र मानसिक रुपमा पीडा दिने गरेको पाइन्छ ।

यसरी पुरुषद्वारा महिला पीडित हुने क्रम पनि बढिरहेको छ । दुवै पक्षबाट दोषीभन्दा निर्दो, सोझासिधा बढी पीडित हुने गरेको पाइन्छ । कर्मचारी, विद्यार्थी, कलाकार, कामदार र सहमर्कीलगायत सबै क्षेत्रबाट महिलाहरु पनि पुरुष पीडित हुने गरेका छन् । यसरी आरोपप्रत्योरोप र दूरव्यवहारका कारण सामाजिक प्रतिष्ठादेखि घरपरिवार र जिन्दगीसमेत दाउमा राख्न वाध्य हुनुपरेको छ ।

यसले समाजमा दिनप्रतिदिन नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यस्ता क्रियाकलापले कतिपय महिलाहरुले घरपरिवारबाट बिमुख हुनुपरेको छ भने पुरुषहरुले पद, प्रतिष्ठा र पैसा गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । महिलाले अधिकारको कुरा उठाइरहँदा दोषी उम्किनु भएन, निर्दोष फस्नुभएन । तर, यहाँ पैसा र पावरको भरमा दोषी उम्किने र निर्दोष फस्ने काम भइरहेको छ । त्यसप्रति राज्यको सम्बन्धित निकाय मुकदर्शक बनेर बसिरहेको छ । यसमा राजनीतिक दल र राज्यका सम्बन्धित निकायले गम्भीर भएर सोच्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *