आज प्रमले विश्वासको मत लिँदै

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिने दिने फरक दिन एकै समय परेको छ । कांग्रेस राप्रपाको साथ लिएर मैदानमा उत्रँदै छ । आफ्ना ८७, राप्रपाका १४ सिटको भरमा कांगे्रेस नाच्दैछ । लोसपाका ४ नागरिक उन्मुक्ति ४ जनमत ६ गरी १४ जना सांसदको मत सत्ता गठबन्धनतिर तानिने अवस्था छ । तर सत्तापक्षका एमाले ७६, माओवादी ३२, रास्वपा २१, जसपा १२, समाजवादी १० गरी सरकारको पक्षमा १५१ मत सत्ता पक्षमा देखिन्छ । यो स्पष्ट बहुमत हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेमकिपाका प्रेम सुवाल, मसालका चित्रबहादुर केसी, जनता पार्टीका प्रभु साहको मत पनि गनेका छन् । तर सुवाल र केसीको भर छैन ।

सत्ताको लागि जनमतले चाहना गरेपनि यसअघि काम गर्ने अनुहार सरकारमा पठाएको थिएन । अहिले उपेन्द्र यादवको दबाबका कारण सिके राउत प्रदेश २ को लडाइले सरकारमा आउन सक्ने अवस्था छैन । नागरिक उन्मुक्तिमा श्रीमान श्रीमतीकै झगडा शुरु भएको छ ।
उता राष्ट्रिय सभामा माओवादी १८, एमाले १०, समाजवादी ८, जसपा ३ सत्तापक्षकै ३९ मत छन् । कांग्रेसले आफ्ना १६ जनाको मतबाट जित्ने छैन । स्वतन्त्र हैसियतका वामदेव गौतमले पनि माओवादी एमाले गठबन्धनका उम्मेद्वारलाई सघाउने छन् ।

हार्नका लागि कांग्रेसका कृष्ण सिटौला उम्मेद्वार नहुने भएपछि कांग्रेसले अर्का अनुहार युवराजलाई अगाडि सारेको थियो । अध्यक्ष बनाउनकै लागि कृष्ण सिटौलालाई राष्ट्रिय सभामा ल्याइएको हो । उनलाई ल्याउन डा.शेखरले सघाएका थिएनन् । शेखरको टिमबाट डा.मिनेन्द्र रिजाल उम्मेद्वार बन्नेगरी त्यो बेला एमालेसँग साँठगाँठ गरी केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको हो ।

तर पार्टी संस्थापनले कृष्ण सिटौलालाई उम्मेद्वार बनाउने भनेर चुनाव जितायौं । सिटौलाले जिते माओवादीका नन्दा कार्कीमाथि कांग्रेसले घात गर्दा गठबन्धन भत्केको हो । राजनीतिप्रति जनताको मत आक्रामक बन्दैछ । सरकारले जनसरोकारमा ध्यान दिएको छैन । जनताका लागि काम नहुँदा निराशा र पिडा छताछुल्ल हुने क्रम बढेको छ । नेतृत्वलाई चासो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *