प्रचण्डको धोकेबाज शैलीले जनता निराश

राजनीति समाचार

काठमाडौंं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले १५ महिनाको यो अवधिमा ३ वटा गठबन्धन बनाए । शुरुको गठबन्धन ३३ दिनपछि भत्कँदा नेपाली कांग्रेस सरकारमा छि¥यो । कांग्रेसकै जल्दाबल्दा गुट उपगुटको उक्साहटमा शेरबहादुर देउवाले आफैले गरेको बोलकबोल बिर्सिँदा शुरुमा प्रचण्ड बालकोटको पाहुना स्वागतसँगै प्रचण्डलाई राजनीतिका कपट विज्ञ एमाले अध्यक्ष केपी ओलीले दास बनाएर सरकारको लगाम आफैंले समातेका थिए ।

सरकारले जनताका लागि आकर्षित काम गर्न नपाउने अवस्थामा ओलीसँगको सम्बन्ध टुटाउन प्रचण्ड बाध्य थिए । अहिले पनि अवस्था उस्तै भएको छ । आफ्नैलाई धोका दिन प्रचण्ड फेरी कता पुग्छन् त्यो पछि नै देखिएला ।

प्रचण्डको त्यो बाध्यतामा राप्रपा र रास्वपालाई चासो थिएन । किनकि ओलीले नै उपप्रमको लस्कर राखेर रवि लामिछाने, राजेन्द्र लिङ्देन, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, गृह, उर्जा, अर्थ, भौतिक पूर्वाधार बनाएका हुन् । जो टोली ३३ दिन सरकारमा रहँदा रवि लामिछाने धेरै विवादमा फसेका हुन् । राष्ट्रिय परिचयपत्र सार्वजनिक खरिद ऐनको विपरीत विदेशी कम्पनीलाई दिलाउन तम्सेको ।

जब ३३ दिने गठबन्धन भत्कियो त्यसपछि रविको कुडाकर्कट नारायणकाजी श्रेष्ठले सफा गरेका हुन् । पद र कुर्सीको भागवण्डा प्राथमिकतामा पर्ने जनताको सरोकार प्राथमिकतामा नपर्ने संघीय लोकतन्त्रको उदाहरणीय पक्ष हो । त्यहीकारण वर्तमान सरकार बन्नु कांग्रेस सरकारबाट हट्नुको तुक छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *