टेलिकमको बिलिङ प्रणालीले कसरी काम गर्छ त ?

राजनीति समाचार

विलिंग प्रणालीले कसरी काम गर्दछ भनि तामाकोशी सन्देश साप्ताहिकले जिज्ञासा राख्दा यस क्षेत्रका एक प्राविधिकको भनाइ यस्तो रहेको छ ‘तपाईँले कुनै व्यक्तिलाई गर्नुभएको कल तपाईंको स्थान नजिकैको टावरमार्फत टेलिकमको स्विचमा पुग्छ । स्विचले तपाईंको फोन कललाई टेलिकमको बिलिङमा पठाउँछ । स्विचले बिलिङ कोड पठाउँछ ।

बिलिङ कल गर्न प्रयास गर्ने व्यक्तिको नजिकको टावरमा जान्छ र त्यसपछि उक्त टावरले फोन गर्न खोज्ने व्यक्तिको डिभाइसमा फोन डेलिभरी हुने गर्छ यस चक्रमा, बिलिङ प्रणाली एक माध्यमको रूपमा बसिरहेको हुन्छ जब तपाईं कसैलाई कल गर्नुहुन्छ, एसएमएस पठाउनुहुन्छ, वा डेटा प्रयोग गर्नुहुन्छ, वास्तविक समयमा ग्राहकलाई चार्ज गर्नु पर्ने हुन्छ । तर स्विचमा समस्या छ भने तथा बिलिङ प्रणालीमा समस्या आएमा सेवा अवरुद्ध हुन् पुग्दछ किनभने बिलिङले कुनै पनि गतिविधि पास गर्दैन’, उक्त प्राविधिकले भने ।

बिगतमा सेवा प्रदायक मध्ये नम्बर एकमा रहेको नेपाल टेलिकम विभिन्न स्वार्थ समुहको प्रभावमा परि वर्षेनी खस्कँदो अवस्थामा पुगेको छ । पूर्वाधारमा जनशक्तिमा तथा ग्राहक संख्यामा प्रतिस्पर्धी भन्दा बढी तर आम्दानीमा भने प्रतिस्पर्धी भन्दा कम भइरहँदा समेत सबै जना तैचुप मैचुपमा छन् ।

अझ सरकारी कम्पनी मध्यमा बढी कर तिर्ने कम्पनीको दर्जा दिई पुरस्कार दिइएको छ, नाकी प्रतिस्पर्धीसंग तुलना गरेर । हुन त बिगतमा चौथो पुस्ताको प्रविधि ‘फोर जी’ प्रयोग गर्दा प्रतिस्पर्धी भन्दा झन्डै चार गुणा बढी खर्च गरेको कम्पनीको खर्चलाई लिएर त्यति बेला ठुलै हल्ली खल्ली भएको थियो । तर तत्कालीन प्रबन्ध निर्देशक र सत्तासँग सम्बन्धित राजनैतिक नेतृत्वको छानबिन गर्ने निकायसँग भएको साँठ गाँठले उक्त विषयलाई सुन पानी छर्की दिएको धेरै भएको छैन । र यस विषयमा समेत जति कराए पनि पुरानै कुराको पुनरावृति हुने नै छ र फेरी एकपटक यसका उपभोक्ता र राज्यले हार्ने नै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *