नेपाल राष्ट्र बैंकमा सोमरसको चर्चा

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । गएको तनावमुक्त बन्न तर वातावरण बन्यो एकाएक कोलाहलपूर्ण ! मीनभवनको घटनालाई पनि माथ खुवाउने गरी अर्काे काण्ड घटेको छ केन्द्रीय बैंकमा । मदहोसीमा दुई वटा सरकारी निकायका उपल्ला तहका हाकिमहरुले गरेको बदमासीले अहिले सिंगै कर्मचारीको शीर गिर्ने अवस्था आएको छ । उसो त नशाकै तालमा डम्बरु निरौलाले क्वार्टरमै डिभोर्सी महिलासँग चुम्माचाटी गरे । अर्काे अधिकृतले कार्यकक्षमै लेखा अधिकृतलाई सुम्सुमाए । मीनभवनतिरका एक सहसचिवले नशाको तालमा होस गुमाएको घटना साम्य हुन नपाउँदै केन्द्रीय बैंकमा भएको अर्काे बदमासी अहिले भूसको आगोझैं फैलिरहेको छ ।

यातायातका डिजीले जुनियर कर्मचारीलाई शारिरीक सम्पर्कका लागि म्यासेजमात्र पठाए तर त्यो भन्दा पनि ठूलो काण्ड केन्द्रीय बैंकभित्रै गुपचुप राखेर तत्कालका लागि सेटल गरिएको छ । जसरी रक्सीका तालमा यातायात व्यवस्था विभागका डिजी उद्धव रिजालले आफ्नो जुनियर कर्मचारीलाई शारिरीक सम्पर्कका प्रस्तावसहित म्यासेज पठाउँदा हंगमा मच्चियो तर केन्द्रीय बैंकमा जुनियर कर्मचारीले सिनियर हाकिममाथि जाइलाग्दा लफडा निस्किएको छ । केही अघि केन्द्रीय बैंकको उच्च टोली तनाब व्यवस्थापनका रात बिताउन नगरकोट पुगेको थियो । तनाव व्यवस्थापन गर्न गएको उक्त टोलीले नगरकोटस्थित मेस्टिक माउन्टेन रिसोर्टमा रात बिताएको थियो ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी श्रीमतीसहित सहभागी भएका थिए । डेपुटी गभर्नरद्धय ढुंगाना र मिश्र, आठ जना विभागीय प्रमुख र उच्च पदस्थ कर्मचारी कार्यक्रममा सहभागी थिए । कार्यक्रम सम्पन्न भएपछि बेलुकी रक्सीसहितको ‘कक्टेल’ पार्टी थियो । हाँसोठट्टा चलिरहेको थियो । त्यस्तैमा टक्सार विभागका तत्कालिन प्रमुख थानेश्वर आचार्य एकाएक उठेर आफूभन्दा सिनियर कर्मचारीलाई अंकमाल गरेपछि बबाल मच्चिएको हो ।

तर यस्तो बदमासीमा मुछिएका आचार्यलाई कुनै कारवाही भएन । छानविन समिति बन्यो । स्पष्टीकरण सोधियो । माफी मागे सकियो । राष्ट्र बैंकको कर्मचारी विनियमावली अनुसार कुनै पनि कर्मचारीले महिला माथि दुर्व्यवहार गरेमा कारवाही हुन्छ । पटक पटक यस्ता हर्कत गर्नेलाई सेवाबाट समेत हटाउन सकिने प्रावधान छ । तर नेपाल राष्ट्र बैंकका उच्च तहका महिला कर्मचारीमाथि जाइलाग्ने टक्सार विभागका निर्देशक थानेश्वर आचार्यलाई सरुवा गरियो । केस सकियो । अहिले आचार्यलाई जनशक्ति व्यवस्थापन विभागको अतिरिक्त शाखामा सरूवा गरिएको छ । उनलाई कुनै पनि कार्यकारी अधिकार नदिने गरी जनशक्ति व्यवस्थापनको अतिरिक्त शाखामा सरूवा गरिएपछि यो प्रकरण तत्कालका लागि सेटल भएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *