डिआईजी प्रधान अलपत्र !

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले एक वर्ष डिआइृजी पदको समय थपेपनि राजनीति पहुँच नपुग्दा डिआईजीबाट विदा हुने सशस्त्रका किशोर प्रधान पुरानो सत्ता गठबन्धन भत्केर नयाँ बनेपछि रन्थनिएका छन् ।

तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेमा बाबु धु्रव प्रधानको कांग्रेसी हलचल भएपनि कांग्रेसकै शेरबहादुर देउवा गुटले चासो नदिँदा डिआईजी प्रधानको एआईजी हुने सपना माथि प्रहार भएको हो । आईजीपीको विश्वासमा परेको दाबी गर्ने डिआईजी प्रधान सचिवालयमा बसेर छायाँ आईजीपीको शक्ति प्रदर्शन गरेपनि पत्याउने ठाउँ छैन । सशस्त्र प्रहरीमा एक डिआईजी खाली छ । त्यहाँ प्रतिस्पर्धी ५ जना एसएसपी रहेका छन्

पदीय मर्यादाको ख्याल नगर्ने २०÷२५ मिनेटको अघिपछि भएका कुरा पनि लत्याएर दुःख दिने डिआईजी प्रधानजस्तो पदीय मर्यादाको ख्याल नगर्ने डिआईजी उपप्रम नारायणकाजी श्रेष्ठले गृहमा रहँदा साथ दिएपनि अर्थमन्त्त्री कांग्रेसकै प्रकाशशरण महतले साथ दिएनन् । उनको पद माघमै सकिने थियो । एक वर्ष थप्ने कानूनी आधार प्रयोग गरी एकवर्ष थपियो ।

कांग्रेसहरु बिटो नबुझि काम गर्दैनन् । बाबु कांग्रेी थिए । कांग्रेसका ध्रुव प्रधानले छोरो किशोर प्रधानलाई एआईजी बनाउन खर्च गर्न सक्ने ठाउँ थिएन । देखेको बोल्ने खरो स्वभावका बाबुले राजनीति पहुँच देखाउन ठाउँ भएन । कांग्रेसमा ध्रुवलाई पार्टी संस्थापनले गन्ने कुरा भएन । सांसद शंकर भण्डारीको भनाई खाने र लाग्ने ठाउँ भएन । विगतका शंकर आज छैनन् । उनले भनेको कुरा सुन्ने ठाउँ नहुँदा पनि किशोर प्रधानजस्ता लोसे डिआईजीको एआईजी बन्ने सपना खेर गएको हो ।

सत्ता गठबन्धनको फेरबदलले यी डिआईजी रनाहमा परेका छन् । आईजीपीको दया नारायणकाजीको मायाले काम गरेन । उता डिआईजी बन्न भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवरको दौड रोकिएको छ । उनीभन्दा अगाडि कृष्ण पाठक, कृष्ण ढकाल, दिपक अधिकारी, मनिष थापा छन् । पाठक प्राविधिक एसएसपी हुन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *