गृहमन्त्रीज्यू यतातिर पनि ध्यान दिने कि ?

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय सम्हालेका छन् । गृहमन्त्री रविले सुरक्षा निकायका प्रमुखहरुलाई सुझाव पनि दिइरहेका छन् । तर, मन्त्री लामिछानेले गृहमन्त्रालयको भद्रगोल कसरी नियन्त्रण गर्छन् ? अधिकांश उपसचिवहरुले सीडीओे चलाइरहेका छन् ।

उता, सहसचिवहरुले गृह मन्त्रायमा हाटा गरेर घाम तापेर दिन बिताइरहेका छन् । अहिले विभिन्न जिल्लामा उपसचिवहरुले सीडीओ चलाइरहेका छन् । उपसचिवले सीडीओको पद चलाएका जिल्लाहरु यस प्रकार रहेका छन् ः रोल्पाका प्रमानन्द घिमिरे, लमजुङका उमाकान्त अधिकारी, खोटाङका पुष्कर शाह, ओखलढुङगा चेतराज बराल, गुल्मीका कृष्ण शर्मा, दैलेख थानेश्वर भुसाल, जाजरकोट सुरेश सुनुवार, अछाम शरद पोखरेल, सल्यान शम्भु रेग्मी, डडेलधुरा अन्जन न्यौपाने, बैतडी भिमप्रसाद शर्मालगायत रहेका छन् ।

उता, सहसचिवहरु गृहमन्त्रालयमा सहसचिवहरुले जिम्मेवारी नपाएर थन्किएर बसेका छन् । गृहमन्त्रालयमा थन्किने सहसचिवहरु ऋषि आचार्य, सुर्य बहादुर खत्री, धु्रव खड्का, कोषहरि निरौला, राजेन्द्रदेव पाण्डे, रामरोजन कडरिया, नारायण ढकाल, नरबहादुर थापा, केदारनाथ शर्मा, अरुण पोखरेल, बुद्धी बहादुर गुरुङलगायतका सहसचिवहरु गृहमन्त्रालयमा बिना जिम्मेवारी थन्किएर बसेका छन् । त्यति ठूलो जनशक्ति भएको गृह मन्त्रालयभित्र विकृति र विसंगतिहरु भने झन् झागिँदै गएको छ ।

अध्यागमन कार्यालयमा बसेर भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने कर्मचारीहरु पनि गृहमन्त्रालय र अध्यागमन कार्यालयमा हालीमुहाली गरिरहेका छन् । गृहमन्त्री लामिछानेले त्यतातिर ध्यान दिएका छैनन् । अध्यागमन कार्यालय एयरपोर्टमा सेटिङ गरेर पैसा उठाउने कर्मचारीहरु विरुद्ध अदालतमा मुद्दा परको थियो । सो मुद्दामा ७ लाख धरौटी बुझाएर ती कर्मचारी अहिले अध्यागमन कार्यालयतिरै फर्किएको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *