संघीय मन्त्री जोशीले कर्मचारी चलायमान बनाउन सक्लान् त ?

राजनीति समाचार

काठमाडौं । एकीकृत समजवादीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका भानुभक्त जोशीले मन्त्रालयलाई कसरी चलायमान बनाउने हुन् त्यो निश्चित भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन सधैँ विवादमा पर्ने मन्त्रालय हो । कर्मचारी सरुवाबडुवा देखि मन्त्रालयले गर्ने गरेको छ । संघीय मन्त्रालयले स्थानिय देखि प्रदेश हुदैँ मन्त्रालयसम्म कर्मचारी चलायमान बनाउनुपर्ने हुन्छ ।

तर कर्मचारीकै कारण मन्त्रीहरु बद्नाम हुदैँ आएका छन् । त्यस्ता कर्मचारीलाई संघीय मन्त्रालयले कसरी नियन्त्रण गर्छ ? त्यो पनि हेर्न बाँकी छ । अधिकांश कर्मचारीहरु संघीय मन्त्रालयको मालदार ठाउँमा बस्न रुचाउने गर्दछन् । कतिपय कर्मचारीहरु स्थानिय तहको मालदार अड्डामा जानका लागि शक्तिकेन्द्रहरुमा धाउने गर्छन् ।

त्यस्तै, कतिपय कर्मचारी वर्षौंसम्म संघीय मन्त्रालयमै बसेर कमाउधन्दाको खेलोफड्को गरिरहेका हुन्छन् । त्यसलाई पनि मन्त्रीले कसरी नियन्त्रण गर्छन् ? अधिकांश कर्मचारीहरु प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवहरुको दाहिने भएर बस्न रुचाउने गरेका छन् । त्यस्ता कर्मचारीलाई मन्त्री जोशीले कसरी काम गर्ने हुन् ? त्यो पनि यकिन छैन । नयाँ मन्त्रीले जोश र जागरका साथ काम गर्नुपर्ने हुन्छ । तत्कालीन मन्त्रीहरुले भन्दा पृथक तरिकाले मन्त्रालय चलायमान बनाउनुपर्ने देखिन्छ ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीहरुले पनि त्यो काम गर्न सकेका थिएनन् । उल्टै तिनै कर्मचारीहरुसँग साँठगाँठ गरेर कमाउधन्दा सञ्चालन गरेका थिए । तर मन्त्री जोशीले त्यो काम नगरीकन कर्मचारीहरुलाई चलायमान बनाउन सक्नुपर्दछ । त्यसको लागि पनि मन्त्री जोशीले सर्तक भएर कर्मचारीहरुलाई चलायमान बनाउन आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *