केपी ओली र माधव नेपालबीच एकता होला त ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
राजनीतिमा कोहि आफ्नो कोहि पराई भन्ने हँुदोरहेनछ । विगत १५ वर्षसम्म नेकपा एमालेको महासचिव चलाएका माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच पार्टीभित्र एकअर्काप्रति तेजोबद गरेर पार्टी चलाइरहेका थिए । सो पार्टीको महासचिव माधव नेपाल हुँदा केपी ओलीबीच गुठबन्दी हुने गरेको थियो । कहिले केपीको गुठ बलियो हुने गरेको थियो भने कहिले माधव नेपालको गुट बलियो हुने गरेको थियो ।

त्यहि गुटमा लागेर विभिन्न सम्पर्क मञ्चदेखि जिल्ला कमिटि, स्ववियुको निर्वाचन, जिफन्ड, प्रध्यापक, बुद्धिजीवी, विभिन्न संघ संगठनमा गुटबन्दी हुने गरेको थियो । माधव नेपाल र केपी ओलीबीच गुटबन्दी हुँदा विभिन्न सम्पर्क मञ्चहरुले कार्यक्रम राखेर द्वय नेतालाई एकैठाउँमा ल्याउने प्रयास गरेका थिए ।

त्यो प्रयास गरे तापनि बेलाबेलामा भाड्ने काम हुँदै आएको थियो । त्यति हुँदाहुँदै पनि कार्यकर्ताको अगाडी नेताहरु एक भएजस्तो देखाएर अगाडी बढ्ने गरेका थिए । तर, एमाले संगठनहरुले विभिन्न कार्यक्रम गरे तापनि निर्वाचनमा होमिँदा माधव नेपाल र केपी ओलीबीचको गुठबन्दीले एमालेले कहिल्यै बहुमत ल्याउन सकेन । किनकी तत्कालीन निर्वाचनताका टिकट बाँड्ने बेलामा माधव नेपाल र केपी ओलीबीचको गुटले विवाद हुने गरेको थियो ।

त्यो विवाद निर्वाचनमा पुगेपछि अधिकांश कार्यकर्ताहरु एमालेलाई बलियो बनाउन लागे तापनि भित्री रुपमा माधव नेपाल र केपी ओलीबीचको गुटबन्दी चलिनै रहन्थ्यो । तर एमालेमा जति बलियो संगठन अन्य दलमा थिएन । पछि त्यो गुट झांगिदै गएपछि तत्कालीन निर्वाचनमा एमाले ठूलो पार्टी बन्यो तर गुटकै कारण बहुमत हासिल गर्न सकेन । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर होमिएपछि झण्डलै दुई तिहाई मत ल्याएर ठुलो पार्टी बन्यो । माओवादी र एमाले बनेर नेकपा बन्यो ।

त्यसपछि नेकपाको बहुमतको सरकार पनि बन्यो । एमाले र माओवादी मिलेर बनेको नेकपामा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष बनेका थिए । पहिलो अध्यक्ष केपी ओली बनेका थिए भने दोस्रो अध्यक्ष प्रचण्ड थिए । र, प्रधानमन्त्री पद पनि अध्यक्षद्वयले आलोपालो चलाउने सहमति भएको थियो ।

पाँच वर्षे कार्यकालमा साढे दुई वर्ष केपी ओली र साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, सरकार बनेको वर्षदिन नपुग्दै ओली र प्रचण्डबीच द्वन्द्व सुरु भयो । अध्यक्ष द्वयको द्वन्दकै कारण नेकपा फुट्यो । पार्टी फुट्दा पनि ओलीले सरकारलाई निरन्तरता दिए । तर, ओलीले संसद् नै विघटन गर्न लागेपछि सर्वोच्च र निर्वाचन आयोगमा मुद्दा प¥यो । सर्वोच्चले संसद ब्यूत्यादिएको थियो भने निर्वाचन आयोगले एमाले र माओवादी छुट्ट्याइदियो । त्यसपछि एमालेभित्र माधव नेपाल र केपी ओलीबीच घमासान युद्ध सुरु भयो । जससको परिणास्वरुप नेकपा एमाले पार्टी नै फुट्न पुग्यो । एमाले फुटाएर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरे ।

पार्टी फुटाएपछि ओलीले माधव नेपाललाई देखिए मुख कुल्ला गर्छुसम्म भन्न भ्याए । अहिले आएर तिनै माधव नेपालको शरण लिन ओली पुगेका छन् । के अब एमाले र एकीकृत समाजवादी पार्टी एक होला त ? अहिलेको परिस्थिति हेर्ने हो भने एमाले र समाजवादी एक हुनुपर्ने जरुरी छ । ओली र नेपालको घमण्ड हेर्दा अहिले नै दुई पार्टी मिलिहाल्ने सम्भावना देखिँदैन । तर, अन्य नेता, कार्यकर्ताहरुले भने छिटोभन्दाछिटो दुवै पार्टी मिलाउने प्रयास गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *