चुनावमा हामी एक्लै जान चाहन्थ्यौं

राजनीति समाचार

नेपाली काग्रेस, प्रमुख सचेतक रमेश लेखक
गठबन्धन टुट्नुमा केही कुराहरुमा सुरुदेखि नै असहमति छँदै थिए । तर खासगरी हाम्रो पार्टीको महासमितिका केही निर्णय र मन्त्रिपरिषद पुनर्गठन गर्ने सम्बन्धमा हामीहरुबीचमा फरक मत थियो ।

यसलाई समयमा सुल्झाउन सकिएन । परिस्थिति अगाडि बढ्दैजाँदा समीकरण बदलिन पुग्यो । गठबन्धनका दुई पार्टीहरुका बीचको असहमतिका कुरालाई समयमा व्यवस्थापन गर्न सकिएन । त्यसैले गठबन्धन बदलियो । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई हामीले ह्विप जारी गरेका छौं । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका छन् ।

उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको छ । केही कुराहरुमा सुरुदेखि नै असहमति छँदै थिए । तर खासगरी हाम्रो पार्टीको महासमितिका केही निर्णय र मन्त्रिपरिषद पुनर्गठन गर्ने सम्बन्धमा हामीहरुबीचमा फरक मत थियो । यसलाई समयमा सुल्झाउन सकिएन ।

परिस्थिति अगाडि बढ्दैजाँदा समीकरण बदलिन पुग्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोड्दा जनतासँग गरेका शान्ति, विकास र स्थिरताको वाचामा चुके । हिजो ०७९ को चुनावमा हामी एक्लै चुनावमा जान चाहन्थ्यौँ । स्थानीय तहको चुनावदेखि नै उहाँहरू गठबन्धनमा रहन चाहनुभयो । गठबन्धन सरकार भएकाले कांग्रेसले त बाध्यात्मक रूपमा मात्र गठबन्धन गरेका थियो जनतासँग गरेका वाचा प्रचण्डजीले भुल्नुभयो । अब उहाँलाई नै जनताले सोध्नेछन्– उहाँको वाचा कहाँ गयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *