यी हुन् शक्तिशाली कर्मचारी

राजनीति समाचार

काठमाडौं । कोही कोही यस्ता कर्मचारी पनि छन्,जस्लाई मन्त्रीको वरिपरि घुमेर खान पुगेकै छ । निरिह र चाकडी नजान्ने कर्मचारीहरु प्रदेश र स्थानीय तह वा दुर्गममा गएर सेवा गरिरहँदा चाकडीकलामा निपूर्ण भएका कर्मचारीहरु चाहिँ प्रधानमन्त्री, मन्त्रीको परिक्रमा लगाएर जागिर खान छूट पाइरहेका छन् । धन पनि प्रशस्त कमाइने भएपछि पिए बस्न को नकुदोस् ! चासोको बिषय हो एउटै कर्मचारीले मन्त्री फेरिएपिच्छे सचिवालयमा बस्ने अवसर कसरी पाउँछ ? जस्तो ः कमानसिंह थापा,बर्षमान पुन अर्थमन्त्री हुँदा उनकै सचिवालयमा बसेर जागिर खाए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रुपमा अमनलाल मोदी नियुक्त भए पछि सामान्य प्रशासनको कर्मचारी फाँटमा पुगे । त्यहाँको कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्ता थिए उनी । प्रचण्ड सरकारले अमनलाल मोदीलाई हटाएर सामान्य प्रशासन मन्त्रालय जनमत पार्टीलाई दिएसँगै उनले आफ्नो सरुवा मिलाएर गृह मन्त्रालयमा पुगे,कर्मचारी प्रशासन फाँटमै बसे । नारायणकाजी श्रेष्ठ गृहबाट सरुवा भएर रघुविर महासेठभन्दा पनि तल्लो मर्यादाक्रममा उपप्रधामन्त्रीसहित परराष्ट्रमन्त्री खान गएसँगै गृहमा रवि लामिछाने आइपुगे । अहिले फेरि घुमिफिरी बर्षमान पुनको सचिवालयमा फर्किएका छन् ।

यस अघि यसैगरी मन्त्रीको सचिवालय घुमेर जागिर खाइरहेका अर्काे सेलिव्रेटी कर्मचारी डा डिजन भट्टराईको अहिले बिल्लीबाठ शुरु भएको छ । उनी सुदन किरातीको नीजि सचिव हुँदै नारायणकाजी श्रेष्ठको नीजि सचिवको रुपमा सरुवा भएका थिए । नेपालका प्रशासनिक इतिहासमा एउटा मन्त्रीको सचिवालयबाट अर्काे मन्त्रीको सचिवालयमा सरुवा हुने र सचिवालयमै घुमेर जागिर खाइरहने उनी अहिले गृहमा रवि पुगेपछि माओवादीले सम्हालिरहेको मन्त्रालयको सचिवालय खोजिरहेका छन् । गृहको कप्रमा भने निजामती अस्पतालमा बसेर काम गरिरहेका कृष्ण सापकोटालाई भित्र्याइएको छ । उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले निजी सचिव खोजेको दुई साता बित्दा समेत सचिवले नदिएको गुनासो चुलिएको छ ।

उसो त मन्त्रीकै वरिपरि परिक्रमा लगाएर जागिर खाने कर्मचारीमा अग्रपक्तिंमा आउँछ अर्जुन भण्डारी । उनी अहिलेसम्म सात पटक मन्त्री तथा प्रधानमन्त्रीको सचिवालयमा बसेर जागिर पकाइरहेका छन् । जर्नादन शर्मा मन्त्री भए पिच्छे उनको सचिवालयमा बसेर काम गरेका भण्डारी अहिले प्रधानमन्त्री प्रचण्डका नीजि सचिवको जिम्मेवारीमा छन् । जनार्दन शर्माको गाउँले भएकै कारण अर्जुन भण्डारीले मन्त्रीहरूको सचिवालय छाडेर अन्यत्र जानुपरेको छैन । तीन पटकसम्म जनार्दनको सचिवालयमा रहेका उनी केही समयदेखि प्रचण्डको परिक्रमा लगाउने ठाउँमा छन् । जनार्दन गृहमन्त्री हुँदा रसुवाको प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य पाए ।

त्यहाँबाट लागुऔषध नियन्त्रण महाशाखामा केही समय बसेका उनी जनार्दन अर्थमन्त्री नियुक्त भएसँगै पिए मात्र भएनन्, टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण केन्द्रको हाकिम खाए । सहसचिवमा बढुवा हुनुअघि प्रधानमन्त्री प्रचण्डको सचिवालयमा थिए । उपसचिवबाट उक्लिए पनि प्रदेशतिर झर्न परेन । सीधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोस्टिङ लिए । माओवादी नेता तथा मन्त्रीकै पछि लागेर जागिर खाने कर्मचारीमा झंक ढकाल र उनका भाइ ज्ञाननाथको नाम पनि अग्रपक्तिंमा आउँछ ।

झंक अहिले एयरपोर्टमा र भाइ ज्ञाननाथ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको सचिवालयबाट अहिले साँखुतिर पुगेका छन् । रघुविर महासेठ जति पटक मन्त्री हुन्छन्,तिनकै वरपर सचिवालयमा घुमेर जागिर खान सफल राजेश्वर ज्ञवालीले फेरि भौतिकमा महत्वपूर्ण जिम्मेवारी पाउन लागेको चर्चा छ,सिंहदरबारतिर । उता केपी ओलीका खास मानिएका विवेकराज पौडेल केपी शर्मा ओलीको सचिवालयबाट अब उद्योग मन्त्रीको सचिवालयमा छिर्ने तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *