अर्थसचिव बन्लान् त दंगाल ?

राजनीति समाचार

काठमाडांंै । सरकार परिवर्तन भएसँगै कर्मचारी सरुवा गर्ने क्रम चल्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याललाई गृहमा लगेका छन् । अब पालो आएको छ, अर्थ सचिवको । कृष्णहरि पुस्कर कर्णलाई सामान्य प्रशासनबाट तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थमा लगेका थिए ।

तत्कालीन अर्थमन्त्री महतले कर्णलाई अर्थमा लगे तापनि उनले अर्थतन्त्र चलायमान बनाउन सकेका थिएनन् । अहिले भएको पाँच दलीय गठबन्धन सरकारमा वर्षमान पुन अर्थमन्त्री बनेका छन् । मन्त्री पुनले अर्थ सचिवको खोजी गरिराखेका छन् । मन्त्री पुनले अर्थ सचिवको खोजी गरिरहँदा माओवादी निकट कर्मचारीभित्र अर्थसचिव हुने खालका कर्मचारी खासै छैनन् । कांग्रेस र एमालेभित्र भने अर्थसचिव हुने खालका कर्मचारीहरु प्रशस्तै छन् । तर, अर्थमन्त्रालय एमालेको भागमा परेन । अर्थ मन्त्रालय माओवादीको भागमा परेको छ । त्यसकारण पनि अर्थ सचिव कहाँबाट कसलाई ल्याउँछन् त्यो एकिन छैन । उता, अख्तियार दूरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाललाई अर्थ सचिव बनाउने हल्ला चलिरहेको छ ।

हाल नेपाल सरकारको संवैधानिक निकायदेखि संघ र प्रदेश गरी ७४ सचिव कार्यरत छन् । तीमध्येबाट अर्थसम्बन्धी ज्ञान भएकालाई छानेर अर्थसचिव बनाउने हुन् कि दंगाललाई ल्याउँछन् त्यो निश्चित भएको छैन । हालका सचिव पुष्करहरि कर्ण कांग्रेस निकट भए तापनि उनी तराईवासी भएका कारण उनलाई अर्थ सचिवमा निरन्तरता दिने सम्भावना छैन । त्यसकारण अख्तियारका सचिव रामेश्वर दंगाल नै अर्थसचिव हुने सम्भावना बढेर गएको छ । हाल अर्थमन्त्रालयमा ९ वटा महाशाखाहरु रहेका छन् । त्यसमध्ये राजश्व महाशाखामा माओवादी निकट रितेश रहेका छन् । अहिले अर्थमन्त्रालयमा आधा दर्जनजति सहसचिवहरु रहेका छन् ।

त्यसमा अधिकांश एमाले निकट छन् । वैदेशिक महाशाखामा श्रीकृष्ण नेवा, संस्थान समन्वय महाशाखामा नारायणप्रसाद रिसाल, बजेट महाशाखामा उत्तर खत्री, ठूला करदातामा कमल भट्टराई रहेका छन् । सरकार परिवर्तन भएपछि अर्थमन्त्रालय जानको लागि नारायण सापकोटा, शिवलाल तिवारी, चक्रबहादुर बुढालगायतका माओवादी निकट कर्मचारी लागिपरेका छन् । त्यस्तै तत्कालीन अर्थमन्त्रीले भन्सार र आन्तरिक राजश्व कार्यालयमा राखेका महानिर्देशकहरुलाई हटाएर माथि उल्लेखित व्यक्तिहरुलाई फिट गर्ने तयारी भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *