सतर्कता केन्द्रमा शाहको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । नेपालमा जब सत्तासमिकरण फेरिन्छ अनि कर्मचारी तन्त्रभित्र चलखेल सुरु हुन्छ । त्यही मौका छोपेर विभिन्न भ्रष्टाचार र अनियमितता हुने गर्दछ । त्यसैगरी कहाँ कुन दलसँग निकट भएर मालदार ठाउँमा जाने भन्नेहरुको पनि भीड लाग्न थाल्छ । हालै बनेको पाँच दलीय गठबन्धन सरकारले कर्मचारी सरुवाको खेलोफड्को गर्न थालेको छ ।

सरकारमा सामेल कतिपय दल निकट कर्मचारी पनि छैनन् । आफ्नो दल निकट कर्मचारी संगठन भएका दलहरुबाट मन्त्री भएकाहरुले आफ्नो दल निकट कर्मचारी खोजी गर्न थालेका छन् । तर, कर्मचारी सबै दल निकट भएर काम गर्दछन् । लोगो भिरेका कर्मचारी चाहीं पार्टी निकट पुग्छन् । पाँच दलीय गठबन्धनमध्येमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट कर्मचारी संगठन छैन । एकीकृत समाजवादीको नाम मात्रको संगठन छ । माओवादी केन्द्रको केही चलायमान देखिन्छ । जसपाको उपस्थितिजन्य कर्मचारी छन् । यी सबैलाई हेर्दा कांग्रेस र एमालेको कर्मचारी संगठन बलियो छ । यिनै संगठनभित्र खेल्ने कर्मचारीहरु पनि प्रशस्तै छन् ।

एमाले र कांग्रेस निकट कर्मचारीहरु योग्य र क्षमतावान पनि छन् । तर, गठबन्धनको आडमा कर्मचारी संगठन नभएका दलबाट मन्त्री हुनेहरुले यी कर्मचारीलाई चलाउन सक्दैनन् । उल्टै कर्मचारीले मन्त्रीलाई घुमाएर असफल बनाइदिन्छन् । त्यसकारणले गर्दा अधिकांश मन्त्रीका सचिवालय हेर्ने कर्मचारीहरुले संगठनलाई गुहार्ने र स्टोकिपरसँग सहकार्य गरेर काम गर्ने गर्दछन् ।

त्यसको उदाहरण बनेका छन् राष्ट्रि सतर्कताकेन्द्रका सचिव रामआधार साह । उनलाई आफ्नो जिम्मेवारीको काम फत्ते गर्ने भन्दा पनि भ्रष्टाचार र सुरासुन्दरीमा खप्पिस भएको आरोप छ । साह तराइवासी दलदेखि अन्य दलका नेताहरुसँग चाकडी, चाप्लुसी र पैसा खुवाएर सचिव भएका थिए । अहिले उनी राष्ट्रिय सतर्कता केन्द्रमा रहेका छन् ।

साह अहिले सतर्कता केन्द्रमा बसेर उठ्तीपुठ्ती धन्दा चलाइरहेका छन् । राष्ट्रिय सतर्कता केन्द्रको काम भ्रष्टाचार, अनियमितता, असुरक्षालगायतको अनुगमन गर्ने हो । त्योसँगै कर्मचारीहरु नियमित समयमा कार्यालय गए नगएको अनुगमन गर्ने, भ्रष्टाचार, अनियमितता गर्नेलाई अनुगमन गरी दोषी देखिएमा कारबाही अगाडि बढाउने हो । तर, साह राष्ट्रिय सतर्कता केन्द्रमा बसेर यस्ता विषयलाई ध्यान नदिएर उल्टै आफै कमाउ धन्दातिर व्यस्त छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *