माछापुच्छ्रे बैंकको ‘सातवटै प्रदेशमा ग्लोबल मनी विक २०२४’ कार्यक्रम सम्पन्न

अर्थ/वाणिज्य समाचार

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘ग्लोबल मनी विक–२०२४’अन्तर्गतक सातवटै प्रदेशका शाखा कार्यालयमार्फत कायक्रमहरू सम्पन्न गरेको छ।

बैंकले सातवटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तर्क्रिरया कार्यक्रमको आयोजना गरेको थियो ।

सो अवधिमा बैंकले बैंकिङसम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरूले प्रदान गरिरहेका डिजिटल सेवा, डिजिटल सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रूपमा गरिने हुन्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *