काठमाडौं । विचारमा स्पष्ट सिद्धान्त र नीतिमा अस्थिर पात्र बनेका डा.बाबुराम भट्टराई अन्ततः एक्लो भएका छन् । मसाल र माओवादीका नेताका रुपमा स्थापित भएका डा.भट्टराई अहिले नेपाल समाजवादी पार्टी बनाएका छन् । उनी संविधान जारी भएपछि पार्टी छाडेर नयाँ शक्ति बनाए । उनको टिममा लागेका देवेन्द्र पौडेल, कुमार पौडेलहरु पुरानै घरमा फिर्ता भए ।
तर डा.भट्टराई नयाँ शक्तिलाई जसपासँग मिलाए, तर त्यहाँ पनि उनको स्थान सुरक्षित भएन । जसपाबाट महेन्द्र यादवको टिम लिएर पुनः फर्केपछि डा.भट्टराईले गठन गरेको समाजवादी पार्टीको चुनाव चिन्हबाट संघ र प्रदेशमा ३ जना सांसद डा.भट्टराईका निर्वाचित भए ।
डा.बाबुरामले गोरखा २ मा माओवादी अध्यक्षलाई सघाए । आफु चुनावमा उम्मेद्वार भएनन् । समाजवादी पार्टीले समाजवादी धारकै जसपासँग मत नमिलेकै कारण छुट्टै पहिचान दिने गरी पार्टी त बनाए तर संगठन छैन । कम्युनिष्ट पार्टीबाट राजनीति गरेर प्रधानमन्त्री समेत भएका डा.भट्टराई अर्थमन्त्री पनि भएकाले देशको अर्थतन्त्रका विभिन्न पाटो थाहा छ ।
तर उनी परिवर्तनकारी शक्ति कमजोर बनाउन लागे । माओवादीमा रहँदा उनको पक्षमा हरिबोल गजुरेल, राम कार्की, मणि थापा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, कुमार पौडेलजस्ता दर्जनौं नेता थिए । तर उनलाई अहिले श्रीमती हिसिला, छोरी मानुषी र ज्वाँइ जेकेन्द्र श्रेष्ठ, गण्डकी प्रदेश सांसद फणिन्द्र देवकोटाहरु छन् । जो जनताले रुचाएका पात्र होइनन् ।
वामपन्थी एकता र सहकार्यको लहर चल्दा डा.बाबुराम एक्लै हुनाले मुलुकको बिग्रँदो राजनीति सुधार्न कठिन छ । अहिले नेकपामा धारहरु समाजवादको लक्ष्यमा छन् । माओवादी, नेकपा चन्द, जसपा र एकीकृत समाजवादीले विचार मिल्नेहरुले समाजवादको लक्ष्यमा जानको लागि मोर्चा बनाएका थिए । त्यसमा एमाले जोडिएको छैन ।