काजीलाई बोक्दा प्रधानमन्त्रीलाई आपत

राजनीति समाचार

काठमाडौं । जनयुद्धकालमा कांग्रेस एमालेले काँध थापेका थिएनन् । एमाले कांग्रेस एक हुँदा बेला मौकामा बोलेका हुन् । तर संसदमा जनमोर्चा थिएन । कांग्रेसजस्तो दमनकारीसँग राजतन्त्र फाल्ने कुरामा सहमति गर्ने माओवादीले अहिले भने कांग्रेसका भ्रष्टबाट लोप्पा खायो । काजीको गृहमन्त्रीको कार्यकाल सफल भएकाले कांग्रेसलाई त्यागेर पुरा नै गठबन्धनतिर फर्किँदा प्रधानमन्त्रीले बोक्नै प¥यो । पार्टीको वरिष्ठ उपाध्यक्षको नाताले बालकोट र बालुवाटार आउजाउ गर्न सहज उनैलाई भयो ।

माओवादीका नारायणकाजी सत्ता बिना टिक्नै नसक्ने भएछन् । जनताले पत्याएन एमालेसँग मिलेर जनप्रतिनिधिले दिएको मतले काजी राष्ट्रिय सभा सदस्य भए । प्रधानमन्त्री प्रचण्डको एक वर्ष ९ महिना पदावधि बाँकी छ । प्रचण्ड सरकारमा हुँदा मात्र होइन केपी ओली सत्ताकालको ७ महिना काजीको पद जोगिन सक्छि ।

किनकी उनलाई केपी ओलीले च्याप्ने अवस्था बन्न सक्छ । माओवादीमा डा.आरजुका दूत जनार्दन शर्मा छन् । उनले काजीको सत्ता लम्पट प्रवृत्तिको भित्रभित्रै ज्वाइँको अनलाइनमा समाचार लेखाउँदा अब अर्थमन्त्री वर्षमान पुन छुट्ने छैनन् । पार्टीमा अल्पमत काजीकै कारण डा.बाबुराम भट्टराई माओवादीमा पुन फर्कनका लागि बाटो कुरेका हुन् । भट्टराईलाई सहयोग गर्ने कार्यकर्ता छैनन् ।

अध्यक्ष प्रचण्डले अर्थ लिएर परराष्ट्रमा काजीलाई दिएका हुन् । केपी ओलीका विश्वासी बद्नाम पात्र रवि लामिछानेलाई गृहमन्त्री दिलाएका हुन् । काजीको पालामा छानबिन हुन लागेको गिरीबन्धु प्रकरण सर्वाेच्चले रोकेको छ । अख्तियारमा उजुरी परेको, छानबिनको दायरामा रहेका मुद्दा अब अख्तियारले पनि थन्को लगाउने छ । किनकी काजीकै पालामा रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरण दोस्रो च्याप्टर अब थन्कियो । जलारी काण्ड फासफुस भयो । एयरपोर्टको सुन तस्करीमा महरा पुत्र जेल परे ।

महरालार्य रोशनी प्रकरणमा हल्लीखल्ली पार्ने जनार्दन शर्मा, वर्षमान पुनले विगतमा केपी ओलीकै निर्देशन पालना गरेका थिए । आफु नछाड्ने तर बोल्दा भ्रष्टको चर्काे विरोध गर्ने नारायणकाजीको सचिवालयमा कमल गिरीहरुको हर्कत चर्काे छ । विगतमा काजी परराष्ट्रमा हुँदा सुशन शाक्यको चलखेल चर्काे थियो । आज पनि सुशनको चहलपहल उस्तै छ । यस्तै यस्तै कारण काजीकाविरुद्ध जनार्दन र वर्षमानको मोर्चा थियो । अब मोर्चा फुटेको छ । प्रधानमन्त्रीले पार्टीका आलोचना सहेरै काजी बोकेका छन् । उनीबाहेक अर्का सांसद त्यो टिममा नहुँदा काजीलाई सत्र परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *