विदेशिनेहरुको आफ्नै कथा, आफ्नै व्यथा

राजनीति समाचार

सावित्री खत्री
काठमाडौं । नेपालीहरु विदेशमा ठगिने क्रम जारी नै छ । अधिकांश नेपालीहरुलाई मेनपावर कम्पनी र विचौलियाहरुले भारतको बाटो हुँदै अवैध तरिकाले विभिन्न देशमा पठाउने गरेको कारण ठगिने गरेका छन् । विदेशमा नेपालीहरु ठगिएका मात्रै छैनन्, उनीहरुलाई विचौलिया र मेनपावर कम्पनीले एउटा देशमा भनेर पैसा लिने र देशमा पु¥याउने काम गर्दै आएका छन् । कतिपय युरोपियन मुलुकमा नेपालीहरुलाई पठाउने नाममा पनि मेनपावर कम्पनी र विचौलियाको ठूलो धन्दा चल्ने गरेको छ ।

उनीहरुको यो धन्दाकै कारण अहिले सुरु र युक्रेन युद्धमा परेर सयभन्दा माथि नेपालीहरुले ज्यान गुमाइसकेका छन् । मेनपावर कम्पनी र विचौलियाको ठगी धन्दाले पछिल्लो समय कतिपय नेपालीले भनेको जस्तो काम नभएर अलपत्र पर्नुपरेको छ भने कतिपयले एउटा काम भनेर अर्को काममा फसाउँदा ज्यान गुमाउनसमेत वाध्य हुनुपरेको छ । त्यसको उदाहरण बनेका छन्, खनियापानी ५ रामेछापका प्रभुनारायण खड्का । खड्कालाई २००६ मा एक मेनपावर कम्पनीले मलेसिया पठाउँछु भनेर २ लाख रुपैयाँ लिएर इराक पठाएको थियो । इराकको ५० डिग्री तापक्रममा खड्काको काम थियो, चुरोटको ठुटा टिप्ने ।

त्यसैगरी राइक पुगेका अन्य नेपालीहरुले पनि कपडा धुने, बिल बनाउने र ड्राभिङको काम गर्ने गरेका थिए । विचौलिया र मेनपावर कम्पनीहरुले झुक्याएर अवैध तरिकाले इराक पठाएको हुँदा नेपाली कामदारले लुकिछिपी काम गर्नुपरेको थियो । सधैं लुकेर बस्न असम्भव भएपछि अधिकांश नेपालीहरु इराकबाट नेपाल आउन सफल भएका थिए भने कतिपय इराकमै बस्न वाध्य छन् । केही व्यक्तिहरु इराकमा लुकेर काम गरी केही पैसा आर्जन गरेर नेपालमै केही गर्ने अठोटसहित नेपाल फर्किएका थिए । त्यसै मेसोमा झुक्याएर इराक पु¥याइएको प्रभुनारायण काखड्ले नेपाल फर्किएपछि रेष्टुरेन्ट व्यवसायी सुरु गरे ।

उनले विदेशबाट फर्किएर नेपालमा सञ्चालन गरेको रेष्टुरेन्ट व्यवसायी पनि २०७६ सालको कोरोनाको कारण घाटामा गयो । घरवालाले पनि भाडा मिनाह गरेन । सरकारले पनि रेष्टुरेन्ट व्यवसायीलाई अनुदान दिएन । त्यसको बाबजुद पनि ऋण गरेर व्यवसायलाई अगाडि बढाइरहे । खड्काले अहिले पनि कौशलटारमा गार्डेन फुड नामक क्याफे चलाइरहेका छन् । विदेश जाँदा पनि सरकारले सुरक्षा दिन नसक्ने र नेपालमै व्यवसयाय सञ्चालन गर्दा पनि सहुलियत नदिने उनको गुनासो छ ।

यति हुँदाहुँदै पनि उनले कौशल टारमा गार्डेन फुड क्याफे सञ्चालन गरेर केही बेरोजगारलाई रोजगारी दिएर बसेका छन् । तर, जति मेहनत गरेर क्याफे सञ्चालन गरे तापनि महंगीको कारण आम्दानी नभएको उनको भनाइ छ । यसरी अधिकांश नेपालीहरुलाई मेनपावर कम्पनी र विचौलियाले पटकपटक ठगिरहँदा श्रम तथा रोजगार मन्त्रालय मुकदर्श बनेर बसिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *