समाजवादी मोर्चा देखाउने दाँत मात्रै

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय मुद्दामा विचार र दृष्टिकोणको आधारमा एकै थलोमा उभिन बनाइएको समाजवादी मोर्चा देखाउने दाँत मात्रै भएको छ । एमालेलाई धम्काउने र कांग्रेसलाई अत्याउन बनाइएको मोर्चाको संयोजक पहिले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल थिए । अहिले संसदमा नभएको नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी बाटोमा देशलाई उन्मुख बनाउने निर्माण भएको मोर्चामा जसपा पनि सहभागी छ । सत्ता गठबन्धन फेरिँदा मोर्चामा नेकपा एमालेलाई सहभागी हुन गरिएको आग्रह एमालेले स्वीकार गरेन । मोर्चामा सहभागी हुने सत्ता गठबन्धनमा मन्त्री पद नछाड्ने तर उपचुनावमा एमालेका उम्मेद्वारलाई सहयोग नगर्ने माधव नेपालको पार्टीले इलाम २ मा जितबहादुर राईलाई अगाडि सारेको छ ।

एमाले, कांग्रेस र रास्वपाका बिचमा टक्कर हुने अवस्था देखिएको उपचुनावमा समेत वामपन्थीहरुले आफ्नै दम्भ देखाउँदा कांग्रेस र रास्वपाका उम्मेद्वार मध्येकी जित हुने अनुमान लगाउनेहरु छन् । रास्वपाले माओवादी कार्यकर्ता मिलन लिम्बुलाई सघाएको छ । लिम्बु इलामका लागि पहिचानवादीहरुसँग परिचित नाम हो । माओवादी नेतृत्वमा देखिएको गुटगत स्वार्थ जोडेर हुने फाइदाका कामले कार्यकर्ता भड्किएका छन् ।

कांग्रेसले २०७९ को चुनावमा ११४ मतले पराजित डम्बर खड्कालाई उठाउने निश्चित छ । उनी पार्टी सभापत िपनि हुन् । यो चुनावमा वामपन्थी विभाजनले कांग्रेसलाई फाइदा हुनेछ । त्यहाँ पहिचानवादीले डेकेन्द्र सिंह र नजित्ने चुनावको लागि माओवादीले चार जनाको नाम पठाएको छ । धिरेन शर्मा, उर्मिला तामाङ, ओम गुरुङ, कुमार आङहाङ छन् । माओवादीले एमालेलाई सघाउँदैछ । त्यहीकारण चुनावको तयारी छैन । माओवादीका चाहना वाम एकतो हो । तर माधव नेपाल बाधक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *