कर्मचारीलाई ढाकछोप गर्दै अख्तियार

राजनीति समाचार

काठमाडौं । भन्सार, मालपोतमा झैं लुट छ यातायातमा । यो ‘ओपन सेक्रेट’हो तर यातायातका डन कर्मचारीलाई किन छुन सक्दैन अख्तियार ? कारण स्पष्ट छ,संसद सेवाबाटै अधिकांश कर्मचारीहरु सिफ्ट भएर यातायातमा पुगेका छन् । ती विरुद्ध जे जति उजुरीहरु परे,सबै तामेलीमा राख्ने काम गरे पूर्व संसद सेवाकै कर्मचारी तथा सहसचिव भोला दाहालले ।

दाहाल केही अघिमात्र अख्तियारबाट सरुवा भएर गृहमा भित्रिएका छन् । यस्का अलवा अख्तियारमा कार्यरत रहेका प्रहरीका डिएसपी नवराज ढुंङ्गननादेखि आयुक्त जयबहादुर चन्द सम्मको कनेक्सनका कारण यातायातका डन कर्मचारीहरु उपर भ्रष्टाचार मुद्धा चल्दैन भन्दैछन्,जानकारहरु । यस्तो किन भनिएको हो भने निजामती सेवा ऐन ०४९ को परिच्छेद ४ दफा १८ र नियमवाली २०५० को परिच्छेद ६ नियम ३६ मा कम्तिमा डेढ दुई बर्षमा सरुवा गर्ने प्रावधान छ ।

तर यातायात कार्यालयका ८० प्रतिशतभन्दा बढी कर्मचारीहरु आजिवन यातायातमै घुमिरहन्छन् । संयोगवश,अन्यन्त्र सरुवा भए पनि मालपोत,श्रम,अध्यामगनतिर दुई चार बर्ष चरेपछि पुन यातायातमै फर्कन्छन । जस्तो काठमाडौं उपत्याकाभित्र ८ वटा यातायात कार्यालयहरु छन् । त्यहाँका प्रमुखमा क्रमश नेत्रप्रसाद भट्टराई (गुर्जुधारा),हरिहर पोखरेल (सानाठूला सवारी),राजकुमार कपाली (लाइसेन्स,एकान्तकुना),मदन पोखरेल –हाल सुशासन केन्द्र),विमल भट्टराई (ठूलो भ¥याङ्ग),डण्डबहादुर बस्नेत (राधेराधे),बिष्णुकुमार भट्टराई(जगाते) । उल्लेखित हाकिमहरुको अलवा छवि पौडेल (मुख्यमन्त्री कार्यालय बाग्मती),विनोद पौडेल लगायत यी सबै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रवक्ता भोला दाहालका साथीहरु हुन ।

जस्का कारण अख्तियारमा परेका कतिपय यातायातका मुद्धा निस्क्रिय पारिएको उदाहरण भेटिएको छ । जस्तो केही अघि राधेराधे यातायात कार्यालयमा भएको नक्कली परीक्षार्थीको मुद्धा अख्तियारले छानबिनै नगरी तामेलीमा हालिदियो । यस्तो हुनुको पछाडि ातायातकै लेखा अधिकृत अनिल ढुङ्गना छन्,उनका काकाको छोरा डिएसपी नवराज ढुङ्गनाहरुको कनेक्सन हो भन्छन्,यातायातका इमान्दार कर्मचारी । नवराज अहिले अख्तियारमै कार्यरत छन् । कतिपय मुद्धा सक्रिय र निस्क्रिय पार्ने खेलोमा अनिल ढुङ्गना लागिपरेका छन् ।

उनले डिएसपीको नाम लिएर रकम असुली धन्दा चलाउँदै आएका छन् । यातायातकै पूर्व कर्मचारी मेकानिकल इञ्जिनियर दिनेश देवकोटा पनि अख्तियारमै छन् । जस्ले आफ्ना साथीहरुलाई संरक्षण गर्ने र सो वापत पान चपाउने कार्यमा तल्लीन रहेको कर्मचारीहरु बताउँछन् । एकान्तकुना यातायातमा कार्यलय सहयोगी विष्णु श्रेष्ठ,सहायक चौथो गणेश केसी,छैटौं कृष्ण चुडाल ।

यस्तै प्राविधिक तर्फ मनोज,मोहन यादव र खड्क वमहरु बर्षाैदेखि त्यही कार्यरत छन् । यीनिहरु अवैद्य काम गरी घुस संकलन गरी उपल्ला तहका कर्मचारी र नेताहरुलाई बुझाउँदै आएका छन् । मोहन र मनोज पूर्व सभामुख चित्रलेखा यादवको नातेदार हुन । कृष्ण चुडाल न्यायधीश कुमार चुडाल सहोदर भाइ हुन । गणेश केसी सामान्य प्रशासनका नासु तथा कर्मचारी नेता रामचन्द्र अधिकारीका जेठान हुन । सोही कारण दशकौंदेखि रिसवत संकलन गर्न सफल भएका छन् ।

यस्तै यातायातका रैथाने कर्मचारीहरु साना ठूलामा इञ्जिनियर मोहन यादव –आठौं,विष्णु श्रेष्ठ –कास),द्रोण कटवाल छैटौं,कृष्ण चुडाल (छैटौंं),कविन्द्र थापा –इञ्जिनियर),खड्क वम –इञ्जिनियर)ध्रुव फुँयाल (सातौं),रमेश श्रेष्ठ (आठौं) यी प्रत्येकको काठमाडौंमा एक दुई वटा घर र घडेरी छन् । कास विष्णु श्रैष्ठको यातायात वरिपरि नै तीन वटा घर छन् । इञ्जिनियर मोहन यादवलाई ठूलो भ¥याङ सरुवा गरिएकोमा एक महिनामै मन्त्रालयका सचिवलाई घुस खुवाएर पुन साना ठूला सवारीमा आएका छन् ।

उता राधे राधेमा नेत्र भट्टराई प्रमुख हुँदा प्रति व्यक्ति १० रुपैंया मेडिकल चार्ज तिर्नुपर्नेमा प्रतिव्यक्तिलाई ५० पु¥याए वापत १० बर्षसम्म उनलाई जनही २५ रुपैंया बुझाउनु पर्ने,त्यो १० बर्षसम्म जानकारी प्राप्त भएको छ । गुर्जुधारामा ०७४ सालदेखि स्टोर किपरका रुपमा गिरीबहादुर विष्ट कार्यरत छन् । उनीसँग मिलेर स्टोरमा उनले ठूलो अनियमितता गरेका छन् । यसरी ब्रह्मलुट गर्ने भट्टराईको अकुत सम्पत्तिमा कारवाही नगर्नुमा उनका साथी भोला दाहाल हुन । जो संसद सेवाबाट आएका हुन ।

गिरी विष्टको सरुवा भए पनि उनैले बदर गराएर सँगै राखेका बताइन्छ । गुर्जुधारा यातायातमा आजिवन जागिर खाने रैथाने कर्मचारीहरु यस प्रकार छन्,कम्युटर अपरेटर निर्मला खनाल १९ बर्ष,कास डिल्ली सापकोटा १३ बर्ष र गिरी विष्ट । त्यस्तै विष्णु भट्टराई चाबहिल यातायातमा प्रमुख हुँदा दक्षिण ढोकाको ट्रायल सेन्टरबाट २५ लाख घुस लिएर २ बर्ष सम्झौता भङ्ग गरी १० बर्षका लागि म्याद थप गरिदिएका थिए । चाबहिलबाट गुह्वश्वरी कार्यालय सार्ने बेलामा आफ्ना दलाल,विचौलियाहरुलाई प्रयोग गरी अनलाइन सेवाको दलाल,विचौलियाहरुलाई पूर्व जानकारी दिई ठाउँ बुक गरी रोकाएको र पछि ती अनलाइन सेवाहरु तीन देखि पाँचलाखमा विक्री गरी रकम कमाएको व्यापक चर्चा छ ।

राधेराधेमा दण्डबहादुर हाकिमको बस्नेतवाद जारी छ । लाखौं असुली गरी नक्कली परीक्षार्थीलाई पास गराउने गरेको मुद्धा अख्तियारमा निस्क्रिय पार्न सफल भएका छन् । साना ठूलामा २० बर्ष नाघेका टयाक्सीलाई पाँच सातसम्म घुस लिइ नयाँ नम्बर प्रदान गर्ने कर्मचारीहरु हुन कृष्ण चुडाल (छैटौं) र मे सु मोहन यादव । उता भरतपुर यातायातमा पनि मेसु गुञ्जबहादुर खड्काको दलाली जारी छ । उनी पनि याताायातमै घुमिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *