राजस्व छलीमा पूर्व कर्मचारीको रातोघर निगरानीमा

राजनीति समाचार

काठमाडौं । एनसेलजस्तै अर्काे एउटा काण्डमा झण्डै चार दर्जन कर्मचारीहरु अख्तियारको अनुसन्धानको घेरामा परेका छन् । यो प्रकरण हो नेपालबाट अमेरिकामा सफ्टवेयर निर्यात गर्ने अमेरिकी लगानीको कम्पनी कोटिभिटी नेपाल । उक्त कम्पनीका ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार भ्याट र स्वामित्व परिवर्तन हुँदा तिर्नुपर्ने ४१ करोड ६४ लाख १७ हजार गरी पाँच अर्ब १८ करोड २२ लाख ६० हजार रुपैयाँ छलीमा सघाएको आरोपमा अहिले चार दर्जन बढी अफिसरहरु रातो घरले बोलाएर केरकार गरिरहेको छ ।

यो प्रकरणमा आइतबार राजस्व अनुसन्धान विभागले १० अर्ब ३६ करोड ४५ लाख बिगो र जरिवाना मागदाबीसहित पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो । यसमा कानुनले नपाउने ५१ करोड ३५ लाख भ्याट फिर्ताको निर्णय गरेर सरकारी राजस्वमा हानि पु¥याउने संलग्न कार्यालयका ०६२÷६३ यताका प्रमुख र कर्मचारीहरू छानबिनको घेरामा परेका हुन । यसरी छानबिनमा तानिएका रणबहादुर श्रेष्ठ,दीप बस्न्यात, महेश्वर शर्मा पौडेल,कपिलदेव घिमिरे, शान्तबहादुर श्रेष्ठ,राजन खनाल,टंकमणि शर्मा,चुडामणि शर्मा,किशोरजंग कार्की,विष्णुप्रसाद नेपाल, बिनोद बहादुर कुँवर, झक्कप्रसाद आचार्य,शोभाकान्त पौडेल,रितेश कुमार शाक्य,दीर्घराज मैनाली र भूपाल बरालहरु रहेका छन् ।

जसमा विनोद कुँवरभन्दा अगाडिका महानिर्देशकहरु अवकाश लागेर घर गइसकेका छन् । कुँवर अहिले स्वास्थ्य मन्त्रालयमा कार्यरत छन् । उनको श्रीमती राममाया कुँवर महालेखा परीक्षकको प्रवल दावेदार थिइन तर बन्न सकिनन् । यस्तै झक्क अर्थतिरै छन् । रितेश र दीर्घ मैनालीहरु अन्त शुल्कको स्टीकर प्रकरणमा समेत मुछिएका छन् । उनीहरु उपर स्टिकर छपाइएको भएको भ्रष्टाचार प्रकरणमा पनि अनुसन्धान चल्दैछ । रितेश अहिले बजेट महाशाखाको प्रमुख बनाइएको छ । दीर्घराजलाई अर्थको एउटा महाशाखामा लगेर थन्काइएको छ । शोभाकान्तको भर्खरै भन्सार विभागको महानिर्देशकको जिम्मेवारी खोसिएको छ ।

भूपाल बराल पनि अर्थबाट हटेर वनतिर फालिएका छन् । यो प्रकरणमा ६४ यताका सबै महानिर्देशकहरु मुछिने स्रोतले जनाएको छ । यस्का अलवा ठूला करदाता कार्यालयका हाकिम रहेका रामकुमार श्रेष्ठ,नवराज भण्डारी,खुमराज पुञ्जाली,सुरेश प्रधान,आनन्दराज ढकाल,जगदीश रेग्मी,ंशकरप्रसाद खरेल,शोभाकान्त पौडेल,बलराम रिज्याल,गंगाराम गेलाल,धनीराम शर्मा,झलकराम अधिकारीदेखि बाबुराम गौतम,शिवलाल तिवारीसमेत मुछिँदै छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा मुछिएका मध्ये केही अधिकृतहरुलाई टंगालमा उभ्याएर केरकार गरिसकेको छ । यदी यो प्रकरणमा पनि गहन रुपमा अनुसन्धान गर्ने हो भने जसरी दूरसञ्चार प्राधिकरणका १६ जना कर्मचारी एकै पटक निलम्बनमा परे,अर्थका क्याडरहरु उसैगरी निलम्बनमा पर्ने बताइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *