आईजीपीले बचाएर जागिर

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीमा क्षमता र कार्यक्षमताले सरुवा बढुवा हुन नसकेको अरोप लाग्ने गरेको छ । प्रधानमन्त्री शेरबहादुर छँदाको त्यो स्वाद स्व.सुशिलको पालामा त महान्यायाधिवक्ता, त्यो स्टाटस भएपछि बसन्त कुँवरलाई एसएसपीबाट डिआईजी बन्नको लागि इटामा इटा थपियो । उनले नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला आईजीपीले आफ्नो वफादारिता कांग्रेसकी नेता डा.आरजु प्रति देखाए । किनकि यिनै डा.आरजु नक्कली भुटानी शरणार्थी प्रकरणको मुलनायक थिइन । मञ्जुृ खाँड सहयोगी भएर श्रीमान गृहमन्त्रीको चेम्बरमा पुगेर आदेश जारी हुन्थ्यो ।

यसपटक गृहमन्त्री रवि लामिछाने छन् । उनका दर्जनौं अपराध छन् । चितवनमा पत्रकार पुडासैनी आत्महत्या प्रकरणसँग रवि जोडिएका पात्र हुन् । यिनै आईजीपी त्यो बेला एसएसपीको दर्जामा थिए । त्यो पदमा रहँदा यिनले अपराध महाशाखामा परेका उजुरी अनुसार पक्राउ परेका दुई जनाको पक्राउ र अनुसन्धान कागजात च्यातेर तिनै डा.आरजुको निर्देशनमा भगाएका थिए । जबकी सरकारको नेतृत्व माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीको पैसा हिनामिना गर्दा जिवी राई त्यसको अध्यक्ष थिए । तर गृहमन्त्रीको बचाउमा लागेर माओवादी नेता कृष्णबहादुर महराको विरोध गर्दा आईजीपी बसन्त कुँवर बाचुञ्जेलसम्म त्यो पदमा रहने अपेक्षा गरेका हुन भने पदबाट खुस्केकै दिनबाट उनकै अंगरक्षकले अनुशासन नमाने हुन्छ ।

किनकी आईजीपी पद कांग्रेसले टिकट बेचेर विनोद चौधरीलाई सांसद बनाएजस्तो होइन । जिवी राई प्रकरणमा राज्य व्यवस्था समितिका सभापति एमाले अध्यक्ष केपी ओलीले आफ्नो पहुँच देखाउँदा आईजीपीले नै प्रहरीको अनुसन्धान माथि शंका उब्जने भाषा बोले जागिर जोगाएका छन् । कुँवरको क्षमताहिन शैलीका कारण चितवनमा मतपत्र च्यातेर प्रचण्डलाई खुसी पार्ने एआईजी दिपक थापाको भाउ यतिबेला बढेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *