आईजीपी कुँवरले गृहमन्त्रीको बँचाउ गर्दा प्रहरी संगठन नै बद्नाम

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागिरहेको थियो । सहकारी ठगीका आरोपी रविलाई पाँचदलीय गठबन्धन सरकारले उपप्रधानसहित गृहमन्त्री बनाएको छ । गृहमन्त्री रविले सरकारी जग्गा हिनामिना गर्नेदेखि संस्थागत भ्रष्टाचार र अन्य विभिन्न ठगी काण्डमा मुछिएका दोषीहरुको फाइल खोलेर ठाउँको ठाउँ कारबाही गर्छु भनेका थिए । उनी गृहमन्त्री बनेको पनि महिनादिन भइसकेको छ । रवि गृहमन्त्री बनेको ठगी काण्डमा मुछिएका दोषीलाई कारबाही गर्न होइन आफूले सहकारी ठगी गरेको काण्डबाट जोगिन खोजेका रहेछन् ।

किन कि उनीले गृहमन्त्री बनेको एक महिनामा कुनै पनि भ्रष्टाचारको फाइलहरु अगाडि बढाएका छैनन् । उल्टै प्रहरीका आईजीपी वसन्त कुँवरले सहकारी ठगीमा गृहमन्त्रीज्यूको कुनै पनि संग्नता नभएको भनेर अभिव्यक्ति दिएका छन् । नेपाल प्रहरीको आईजीपी जस्तो पदमा बसेर सुरक्षा संगठनको बद्नाम हुने गरी दोषी देखिएका गृहमन्त्री रविको बचाउमा अभिव्यक्ति दिनु कत्तिको उचित हुन्छ ? प्रहरीका आइजीपीले यस्तै अभिव्यक्ति दिँदै हिड्ने हो भने अन्य दोषीलाई कसरी कारबाही हुन्छ ? देशमा शान्ति सुव्यवस्था कसरी कायम हुन्छ ? नेपाल प्रहरीका आइजीपीले कुनै पनि अपराधको अनुसन्धान गर्दा नबोली गहन रुपमा गर्नुपर्ने हुन्छ । तर, आइजीपीको अभिव्यक्तिले गृहमन्त्रीको बचाउ गरेर आफ्नो जागिर बचाउने र कालाकर्तुत लुकाउने काम गर्न खोजेको देखिन्छ ।

नेपालमा सहकारी ठगी काण्डमा दोषी देखिएका जीवी राई विदेशमा लुकीछिपी बसेका छन् । जीवी राईलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाइ कारबाही गर्नुपर्नेमा त्यो गरिएको छैन । उल्टै उनीसँगै सहकारी ठगीमा दोषी देखिएका गृहमन्त्रीको पोल खुल्ने डरले जीवी राईलाई नेपाल ल्याउन नमिल्ने अभिव्यक्ति आइजीपी कुँवरले थिएका छन् । यसले के देखाउँछ भने सहकारी ठगीमा मुछिएका गृहमन्त्री रविलाई बँचाउने काम नेपाल प्रहरीका आइजीपी वसन्त कुँवरले गर्दै आएका छन् ।

दोषीलाई कारबाही गर्नु त परै जाओस् प्रहरीका आइजीपी कुँवर उल्टै गृहमन्त्रीको बँचाउमा सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका छन् । उता, प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाइ अगाडि बढाउनुपर्नेमा त्यो काम गर्न सकेका छैनन् । आइजीपी कुँवरले प्रहरी संगठनलाई चलायमान त बनाउन सकेनन्, सकेनन् उल्टै आफू र प्रहरी संगठनलाई बद्नाम बनाएर गृहमन्त्रीलाई बचाउने काम गर्दै आएका छन् । आइजीपी कुँवरको यो अभिव्यक्तिले अन्य भ्रष्टाचारी र अपराधिको झन् मनोबल बढ्ने देखिन्छ । आईजीपी जस्तो गरिमामय पदमा बसेर दोषी ठहरिएका गृहमन्त्री रविको सार्वजनिक रुपमै गृहमन्त्रीज्यू दोषी देखिनुहुन्न भनेर अभिव्यक्ति दिइरहँदा अन्य सहठगी काण्डमा मुछिएर फरार रहेका व्यक्तिलाई कसरी कारबाही हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *