टिआरसी पारित गर्न दलहरुबीच मतभेद

राजनीति समाचार

भारतको निर्वाचनपछि नेपालमा सत्ता परिवर्तनको संकेत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन गठबन्धन तोडेर पहिलाको गठबन्धनसँग जोडिन पुगेका छन् । नयाँ गठबन्धन सरकार बनाउन पुगेका छन् । नयाँ गठबन्धन सरकार बनेको पनि महिनादिन पुगिसकेको छ । नयाँ सरकार बनेको महिनादिन बितिसक्दा पनि सरकारले गति लिन सकेको छैन ।

यही स्थिति रहिरहने हो भने प्रचण्डको प्रधानमन्त्री पद कहिलेसम्म टिक्ने हो त्यो निश्चित छैन । यतिबेला अधिकांश राजनीतिक वृत्तमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अगाडि बढ्नुपर्ने आवाज उठ्न थालेको छ । त्योसँगै हालको गठबन्धन सरकारले पारित गर्न खोजेको टिआरसीमा कांग्रेसले सहयोग नगर्ने पक्षमा देखिएको छ । नेकपा माओवादी केन्द्रले मात्रै टिआरसी पारित गर्न सम्भव छैन ।

उता, गठबन्धन सरकारमा सामेल ठूलो दल नेकपा एमालेले टिआरसी पास गर्न सहयोग गर्ने नगर्ने त्यो पनि एकिन छैन । सत्तापक्ष र प्रतिपक्ष दलबीच विवाद बढ्दै गएको छ । प्रधानमन्त्री प्रचण्ड टिआरसी पास गराउनको लागि कांग्रेससँग हारगुहार गरिरहेका छन् । उता, एमाले र कांग्रेसले टिआरसी पास गर्न पीडितमैत्री हुनुपर्छ भन्दै आवाज उठाउन थालेका छन् । युरोपियन युनियनले शान्ति प्रक्रियालाई टुंगोमा नपु¥याएसम्म प्रधानमन्त्री प्रचण्डलाई हेगको सुचीबाट नहटाउने संकेत गरिरहेको छ ।

अहिलेको सत्तागठबन्धनप्रति छिमेकी मुलुक भारतले पनि चासो राखिरहेको छ । भारतको निर्वाचन सम्पन्न भएपछि त्यसको परिणामले नेपालमा कस्तो प्रभाव पार्ने हो त्यो एकिन छैन । भारतले कांग्रेसको संसदीय दलको नेता परिवर्तन भएको खण्डमा एमाले र कांग्रेसको सरकार बनाउन भित्री रुपमा खेलिरहेको पाइन्छ । त्यसैगरी उत्तरी छिमेकी देश चीनले पनि नेपालमा वामपन्थी शक्तिहरुलाई सकभर एक ठाउँमा ल्याएर वामपन्थी सरकार टिकाइराख्न चलखेल गरिरहेको स्रोतको भनाइ छ ।

त्योसँगै चीनले नेपालमा वीआरआई लागु गर्न पहिलादेखि पहल गरिरहेको थियो । पहिलादेखि चीनले नेपालमा वीआरआई लागु गर्न खोजे तापनि सफल भएको छैन । तर, अमेरिकाले त्योभन्दा पछि नेपालमा एमसीसी लागु गर्न खोजेकोमा सफल भइसहेको छ । यही विषयलाई लिएर चीनले नेपालमा चलखेल बढाएको हुनुपर्छ । यो खेलमा चीन कति सफल हुन्छ त्यो निश्चित छैन । भारत सरकारले नेपालको वामपन्थी सरकारलाई त्यति रुचाएको छैन । किन कि पछिल्लो गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई महिनादिन पुगिसक्दा पनि भारतले भ्रमणमा बोलाएको छैन । बरु परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण गरेर फर्किइसकेका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो भ्रमणको क्रममा नेपाल–चीन विकास करिडोर प्रस्ताव गरेका छन् । त्यो प्रस्ताव सफल हुन्छ कि हुँदैन त्यो पनि एकिन छैन । त्यसकारणले पनि यो सरकारको आयु कतिन्जेल रहन्छ यसै भन्न सकिँदैन । जहासम्म भारतको निर्वाचन सम्पन्न भएपछि नेपालमा सरकार परिवर्तन हुने संकेत देखिन्छ । कांग्रेस इतरपक्षका नेताहरुले यो गठबन्धनलाई भत्काएर एमालेको सहयोगमा सरकार भित्री रुपमा चलखेल भइराखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *