जोखबहादुर मुख्यमन्त्री बन्दा सबैतिर हल्लाखल्ला

राजनीति समाचार

काठमाडौं । पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेका जोखबहादुर महरालाई ल्याउन दाजु कृष्णबहादुर महराले पार्टी अध्यक्षको स्वकीय सचिव बनाउने विश्वास दिलाएका थिए । महरा अध्यक्षको सचिवालयमा रहँदा कार्यकर्तासँग भन्दा उद्योगी व्यापारी र ठेकेदारलाई जति सहज प्रचण्डलाई भेट्न हसज भयो कार्यकर्तालाई भएन । कम्युनिष्टहरु जनताप्रति उत्तरदायी हुनपर्छ । तर माओवादी पार्टी र तिनका नेताले जनतालाई नोकर कार्यकर्तालाई दास बनाएका छन् । नेताको सचिवालयमा जोखबहादुर महराजस्ता व्यक्ति राखेपछि हुने त्यस्तै थियो । अहिले तिनै जोखबहादुर महरालाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री बनाइएको छ ।

संचारमन्त्री रेखा शर्माका श्रीमान् कृष्णध्वज खड्कासमेत भ्रष्टाचारमा सहभागी छन् । लुम्बिनी प्रदेशको सांसद खड्काको योजनामा संचारमन्त्रीका निर्णय प्रभावित छन् । माओवादी पार्टीप्रति जनताको मोह घट्नुको कारण जनार्दनको मुसाले कारको दर कटौती गर्नु, कृष्णबहादुर महराका बाबुछोरा सुन तस्करीमा जोडिनु पूर्व उपराष्ट्रपति पुत्रको सुन तस्करी गर्नु, पूर्व गृहमन्त्री रामबहादुर पुत्रको सुन तस्करी र नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धजस्ता कुरा हुन् । पार्टीका नेता भ्रष्टाचार र तस्करी धन्दामा लाग्दा निष्ठा र त्यागको राजनीति खरानी भएको हो ।

मोहन वैद्य, मोहन विक्रम पनि बिग्रिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई अबको राजनीतिमा यस्तै दबदबा हुने विश्वास छैन । उनले कांग्रेस र एमालेलाई धेरै प्रयोग गरेका छन् र आफु पनि तिनैको भकुण्डो भएका छन् । अब माओवादीको प्रतिष्ठा सकियो । जनताले माओवादी नामको डनवादी हैकमबाट मुक्ति पाउनु नै ठूलो उपलब्धी ठान्नु परेको छ । शोषण, दमन र अत्याचार माओवादी र एमालेका गहना भएका छन् । कम्युनिष्ट खराब हुँदा रास्वपाजस्तो सहकारी ठगहरुको जमात बढेको छ ।

जोखबहादुर महरा कुनै भिजन भएका जनतालाई आशा जोगाउने नेता नै होइनन् । महराले पार्टी सचिवालयमा बसेर नेतृत्वलाई कार्यकर्तामैत्री बन्न सघाएनन् । पैसा लिएर मारवाडी ठेकेदारलाई अध्यक्षसँग भेट गराउने धन्दा चलाएको कार्यकर्ता बताउँथे । माओवादीका तर्फबाट सत्ता र कुर्सीमा बारम्बार पुगेका कृष्णबहादुर महराकै हालतले दश वर्षे जनयुद्ध र त्यसले बगाएको रगतको मूल्य कति राख्यो ? गलतलाई गलत भन्न नसक्ने नेताहरु जनप्रिय हुन सक्दैन । यहाँ केपी ओली सर्वश्रेष्ठ प्रचण्ड माधव मात्र नालायक भन्ने छैन ।

नेपालका कम्युनिष्टहरु सत्ता लिप्सा पद भ्रष्ट भएको कारण सिद्धान्त र विचारको खडेरी लागिरहेको छ । त्यस्तो बेला जोखबहादुरहरु मुख्यमन्त्री बनेका छन् । माओवादी नेतृत्व किन यस्तो मुर्ख हुँदैछ । जहाँ उपप्रम एवं परराष्ट्रमन्त्री नारायणकाजीविरुद्ध जनार्दन शर्मा, वर्षमान पुनहरु लाग्छन् । बद्नाम काजीभनदा उनीहरु नै बढी छन् । किनकि काजीको समूह दुधले धोइएको होइन । यो समूहले टिमको नाममा पैसा उठाउँछ । गिरिराजमणि र काजीको टिम मिल्दा जनार्दन शर्मा र वर्षमान मात्र होइन शक्ति बस्नेतहरुको टिम मौकाअनुसार एक हुन्छ । तर स्वार्थ आइलाग्दा जाजरकोट भुकम्पको राहत जनार्दनले रुकुमको लागि जफत गर्दा माओवादीको सामुहिकता उदांगो भयो । अधिकांश काण्डमा सबै दल एक छन् । पार्टीका नेता कार्यकर्ता दलाल बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *