इलाम–२ को उपनिर्वाचन सुहाङलाई फलामको चिउरा

राजनीति समाचार

काठमाडांै । नेकपा एमालेका उपाध्यक्ष, वरिष्ठ नेता पूर्व सभामुख तथा सांसद सुवाश नेम्वाङको असामयिक निधन भएपछि इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन गर्नुपर्ने वाध्यता थियो । त्यसको लागि आगामी वैशाख १५ गते निर्वाचन मिति तोकिएको छ । सो निर्वाचनको लागि एमाले लगायत विभिन्न राजनीतिक दलहरुदेखि स्वतन्त्र र पचिचानवादीहरुले उम्मेदवार खडा गरेका छन् । सुवास नेम्वाङको विरासत थाम्नको लागि नेकपा एमालेले उनकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

सत्तागठबन्धनमा एमाले रहे तापनि इलाम २ को उपनिर्वाचनमा सत्तागठबन्धनका साझेदार दल एकीकृत समाजवादी र रास्वपाले आ–आफ्नो दलबाट छुट्टैछुट्टै उम्मेदवार उठाएका छन् । तर, नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई समर्थन गरेर आफ्नो उम्मेदवार उठाएको छैन । एमालाई माओवादीको समर्थन हुँदाहुँदै सुहाङले इलाम २ मा निर्वाचन हारेको खण्डमा एमालेको मिसन ८४ फेल खाने देखिन्छ । त्यसकारण पनि एमालेले यो निर्वाचनलाई प्रतिष्ठानको विषय बनाएको छ ।

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन २०७९ मंसिर ४ को निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका डम्मर खड्कालाई पुनः उम्मेदवार बनाएको छ ।

पहिचानवादी, रास्वपा र राप्रपाको दबदबाह पनि त्यत्तिकै छ । उता पुराना दलहरुप्रति जनआस्था घटेका कारण इलाम–२ को उपनिर्वाचन दलहरुको लागि पेचिलो बन्दै गएको छ । त्यसकारणले पनि एमाले उम्मेदवार सुहाङलाई इलाम–२ को उपनिर्वाचन फलामको चिउरा सावित हुने देखिन्छ । यदि इलाम–२ मा रास्वपा, र पहिचानवादीहरुले जितेको खण्डमा पुराना राजनीतिक दलको मिसन ८४ नै धरापमा पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *