गृह र अर्थसचिव अख्तियारको फन्दामा पर्दै !

राजनीति समाचार

काठमाडौं । नयाँ गठबन्धन सरकारले चार पटक गरेर सचिव सरुवा गरेको छ । अझै केही सचिवहरु सरुवा हुन बाँकी छन् । सचिव सरुवा नहुनेमा भूमि सहकारी तथा गरिवी निवारण र अर्थमन्त्रालय रहेका छन् । अन्य मन्त्रालयका सचिवहरुलाई सरकारले परिवर्तन गरिरहेको छ । अर्थमन्त्रालयका सचिव कृष्णहरि कर्णलाई अर्थमन्त्री वर्षमान पुनले सरुवा गर्न खोज्दा पनि सकेका छैनन् । किन कि कृष्णहरि कर्णलाई नेपालका नेता र मन्त्रीले अर्थसचिव बनाएका होइनन् । कर्णले मन्त्री, सांसद र सचिवहरुलाई गन्दैनन् ।

किन कि कर्णको संरक्षण भारतबाट हुने गरेको छ । उनी भारतमै पढेलेखेका व्यक्ति हुन् । कर्ण जुनसुकै पार्टीको सरकार बने तापनि पारीको पावर प्रयोग गरेर महत्वपूर्ण मन्त्रालयमा पुग्ने गरेका छन् । त्यसकारणले पनि अर्थमन्त्री पुनले कर्णलाई चलाउन सकेका छैनन् । सचिव कर्ण भर्खरै अमेरिका घुमेर आइसकेका छन् । अहिले अर्थमन्त्रालयमा बजेट लेखनको काम सुरु भएको छ । आगामी बजेट कस्तो र कुन आकारको बनाउने हुन् त्यो पनि निश्चित भएको छैन । सचिव कर्णको सम्पत्ति छानविन गर्ने हैसियत पनि कसैले राखेका छैनन् । उनी सोर्सफोर्स र शक्ति प्रयोग गर्न माहिर छन् । उता, गृहसचिव बनेका एकनारायण अर्याल डिजाइन मास्टर हुन् ।

अर्याल डिजाइन गरेरै सधैं महत्वपूर्ण मन्त्रालयमा पुग्ने गर्दछन् । कहिले संघीय मामिला तथा सामान्य प्रशासनमा पुग्छन्, कहिले पर्यटन तथा नागरिक उड्डयन त कहिले वैदेशिक रोजगार तथा श्रम मन्त्रालयमा पुग्छन् । श्रमबाट प्रधानमन्त्री कार्यालय हुँदै अहिले गृहमन्त्रालय पुगेका छन् । अर्याल प्रधानमन्त्री कार्यालयमा बस्दा गृहमन्त्रालय जानको लागि तत्कालीन गृहसचिव निदेश भट्टराई र गृहमन्त्री नारायणकाजी श्रेष्ठको समाचार विभिन्न सञ्चार माध्यममा लेखाउने काम गर्दथे ।

समाचार लेखाएर तत्कालीन गृहसचिव दिनेश भट्टाराईलाई हटाएर आफू गृहसचिव बन्न खोजेका थिए । तर, त्यसमा उनी सफल भएनन् । त्यो नभएपछि टेरामक्स काण्डमा मुछिएका वैकुण्ठ अर्याललाई मुख्य सचिवबाट हटाउने हल्ला भएपछि उनी मुख्य सचिव बन्न पनि तयार भए । तर, वैकुण्ठ अर्यालयलाई टेरामक्समा आरोप लगाइए तापनि उनलाई मुख्य सचिवबाट सरकारले नहटाएपछि अर्याल फेरि गृहतिरै जान कोशिस गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यालयलाई प्रयोग गरेर उनी गृहसचिव बन्न पुगेका छन् ।

अर्यालले गृहमा बसेर के के फन्डा मच्चाउँछन् त्यो पनि निश्चित छैन । श्रम तथा रोजगार मन्त्रालयमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई सुधारोन्मुख बनाउने भनेर विभिन्न फन्डा ल्याएर ९, १० करोड कमाएको श्रम मन्त्रालयतिर हल्ला चल्ने गरेको छ । उनीविरुद्ध अख्तियारमा उजुरी परेको स्रोत बताउँँछ । सो कुरा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । अर्यालले गरेका कालाकर्तुतको समाचार बाहिर नआओस् भनेर ठूला मिडियाका केही सञ्चारकर्मी र शक्तिकेन्द्रको मुख बुझो लगाउने काम गर्दछन् ।

हेर्दा अर्याल एकदमै भलाद्मी देखिन्छन् । अर्यालयले अन्य सचिवहरुलाई त मान्छे नै गन्दैनन् । अर्यालको जागिरे अवधि पनि धेरै छैन । त्यसैले पनि उनी कमाउधन्दामा व्यस्त देखिन्छन् । उनले आफूलाई पनि कमाउनु छ, मन्त्रीलाई पनि कमाइदिनु छ । त्यसैकारण अर्याल गृहसचिव भएपछि मन्त्रालयमा पत्रकार र वकिललाई प्रवेश निषेध गरेको बताइन्छ । हुुनतः अर्याल खान र खुवाउन माहिर छन् । अर्याल सिडियो हुुँदा कुस्त कमाएको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *