गठबन्धनकै सेरोफेरोमा डा.शेखर

राजनीति समाचार

काठमाडौं । देशको राजनीतिक स्थायित्वका लागि संसदमा भएका शक्ति बिचको एकता र सहकार्य जरुरी भएपनि नेपाली कांग्रेसले फेरी अस्थिरता निम्त्याउँदै छ । संसदमा ८८ जना सांसुद छन् । कांग्रेसले साथ लिने भनेको वर्तमान गठबन्धन विरुद्धको मोर्चा हो । राप्रपा र लोकतन्त्रवादीहरुका बिचमा मुद्दा मिल्दैन । १४ सिटे राप्रपालाई त्यो ठाउँमा ल्याउने नेकपा एमाले र त्यसका अध्यक्ष हुन् । अहिले राप्रपा शाही प्रतिगमनको पक्षमा छ भने नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने पूर्वगल्तीलाई पुष्टि गर्दैछन् ।

यही बेला पार्टी केन्द्रमा १० प्रतिशत प्रतिनिधित्व गर्ने डा.शेखर कोइारला कांग्रेस भित्रै सभापति देउवाको कमजोर पक्षमाथि प्रहार गर्ने र आफ्नो तजविजका गठबन्धन गर्ने दाउमा छन् । कोइरालाले र्वतमान गठबन्धन किन बन्यो, कांग्रेसले स्वास्थ्य, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालय लिएर त्यस्तो काम गर्याे? डा.शेखर जस्त बुझकी नेताले अनुमान लगाउनुपर्ने हो । अराजक शैली हडप्ने व्यवहार गगन थापाहरु कांग्रसलाई पुनः कोइराला वंशमा जान दिने पक्षमा छैनन् । त्यहीकारण गगन थापाले ३५ जना संसदको पनि पुरा मत पाएनन् ।

डा.शेखर उम्मेद्वार हुन्थे भने थापाले पाएको २३ मत बढ्ने थियो । कांग्रेसकै कारण राजनीति अस्थिर छ, क्षमताअनुसार पदको भागवण्डा भए पो जनतामा प्रभाव पर्छ । सत्ता स्वार्थ सबैको धारणा मिल्छ । तर जनताको यो धैर्यतालाई बुझ्न नसक्ने कांग्रेस आफ्नै संगठनभित्र आफ्नै संरचना चुस्त बनाउन नसकेको त्यो कांग्रेसले सत्ता ढाल्ने र बनाउने मात्र प्रजातन्त्र ठान्छ । डा.शखेर त्यो भुंग्रोमा पोल्टिएका पात्र छन् । डा.शेखरलाइृ सघाउन विमलेन्द्र निधि, प्रकाशमान सिंह एक ठाउँमा हुन्थे भने रामचन्द्र पौडेलजस्ता लोभीपापी राष्ट्रपति बन्ने अवस्था थिएन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफुले बोलेका कुरा पुरा गर्ने नेता हुन् । तर उनलार्इृ सघाउन कांग्रेसका डा.शेखर तयार भएनन् । उनले ०७९ मंसिर ४ को चुनावमा माओवादीकै मतले चुनाव जितेका थिए । तर त्यो बिर्सेका छन् ।

व्यवहारमा गुन बैगुनको कुरा हुनछ । राजनीतिमा पनि त्यो छ । कांग्रेसका नेताहरु आफ्नै बाटो हेर्छन । सत्ता र स्वार्थ प्रमुख लक्ष्य हुँदा लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्न सबै सफल छन् । डा.शेखरले निकट भविष्यमा वर्तमान सरकार ढाल्ने बताएर फेरी जनताको भविष्यमाथि खेलवाड गर्दैछन् । कांग्रेसको आन्तरिक संरचना नबन्ने सत्ताको वरिपरि घुम्ने प्रवृत्तिको शिकार किन हुन्छ ? भ्रष्टाचार र बेथितिमाथि छानबिन गर्दा कांग्रेसको भाउजु नै पर्ने हुन् । नक्कली भुटानी शरणार्थी प्रकरण, टेरामक्स खरिद, स्वास्थ्य उपकरण खरिदका घोटालामा देउवा गुट सक्रिय छ । त्यसमाथि अख्तियारले छानबिन गर्दैछ । त्यो छानबिनमा कांग्रेसले सुशान र समृद्धि कसरी व्याख्या गर्ला ?
डा.शेखरले पार्टीको आन्तरिक जीवन सुधार्ने विषयमा पटक पटक सभापतिसँग छलफल गरेका थिए ।

तर उनले सुझाव दिने शेरबहादुरले काम नगर्ने प्रवृत्ति जारी छ । फागुन २१ मा कांग्रेसकै कारण गठबन्धन भत्केको हो । यसका मुल दोषी भ्रष्ट डा.प्रकाशशरण महत, मोहन बस्नेत, नारायणप्रसाद साउद हुन् । डा.शेखर संस्थापनले बोक्ने यीसँग बसेर आफ्नो योजना कसरी पुरा गर्लान् हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *