कांग्रेसको बनेपा नगर सम्मेलनमा भाँडभैलो

राजनीति समाचार

काठमाडौं । सत्ता पाए मन्त्रीको अघिपछि लाग्ने ठेक्कापट्टा कब्जा गर्ने दिनभर उठाउने, रातभर भट्टी र डान्सबारमा रमाउने संस्कृतिले कांग्रेसलाई ग्रस्त बनाएको छ । पार्टीको नगर सम्मेलनमा देउवा गुट र शेखर गुटको पहिचान झल्कने प्रवृत्तिले यो रुप देखाएको हो । डा.शेखर आफै उपस्थित सम्मेलनमा संस्थापन पक्ष सक्रिय छैन । झण्डै २२ सय क्रियाशिल सदस्य बनाइएको बनेपा नगर समितिको भेलामा शिव हुमागाईँ नै आत्तिए । हुमागाईं डा. शेखर गुटका हुन् ।

तर मेलामा एक सयभन्दा सहभागी नहुँदा जिल्ला पार्टीमा खैलाबैला भयो । बनेपा नगर सम्मेलनमा नगर समिति सदस्य क्षेत्रीय प्रतिनिधि नै गएनन् । बद्री पाण्डे सहमहामन्त्री प्रमुख अतिथि थिए । शिव हुमागाईं रस डा.मधु आचार्यको लडाइँको झल्को त्यहाँ थियो । जिल्ला नेतृत्व त्यहाँ सहभागी थियो । तर इकाई सभापतिहरु पनि जुन ढंगले सहभागी हुनुपथ्र्यो त्यो थिएन । कांग्रेसका क्रियाशील सदस्य वितरण गर्दा हुने लडाइँमा कार्यकर्ताको निरन्तरता हेरिँदैन । जब चुनाव आउँछ, त्यो बेला नेताले कार्यकर्ता चिन्ने र कार्यकर्ताले नेता चिन्ने प्रयास हुन्छ । व्यापारको राजनीति गर्दाको फल यस्तै हुन्छ । कांग्रेसले त्यो बेहोरेको छ । गुटगत सम्बन्ध यस्तै हुन्छ ।

कांग्रेसले १५औं महाधिवेशनमा १५ लाख क्रियाशील सदस्य पु¥याउने भन्दैछ । गाउँ टोल, नगर क्षेत्र हुँदै जिल्ला नेतृत्वमा पुग्ने सांगठनिक परम्परा तोड्न नेतृत्व सफल भएको पनि छ । किनकि गुटबन्दी चर्काे कांग्रेसमै छ । शेरबहादुर देउवालाई गुटवादीको आरोप लगाएर नथाक्ने डा.शेखर गुटको हैसियत बनेपािमा देखिएको छ । किन कि डा.शेखर समूह मुलुकको आन्दोलनबाट पार्टी क्रमशः टाढिँदैछ । किनकि यो समृद्ध गठबन्धन भत्काएपछि रमाउँदै कोशी प्रदेशको सरकार टिकाउने धन्दामा छ ।

कोशीको सरकार डा.शेखरका केदार कार्कीले चलाएका छन् । त्यहाँ एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा एकजुट हुँदैमा दुई जना पुग्दैन । कांग्रेसको हालत पनि त्यही हो । कांग्रेसले राप्रपालाई फकाए पनि राप्रपालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख दिएर मुख बुझो लगाएको धेरै भएको छैन । कांग्रेसले रिस गरेर हुँदैन, आफैंले कार्यकर्ता क्रियाशील बनाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *