वाइडबडी जहाज खरिमा नक्कली कम्पनी खडा गरेर ६० करोड घुस

राजनीति समाचार

काठमाडौं । पत्याउन गाह्रै पर्दछ,डेढ अर्व जहाज किन्दा ६० करोड घुस ! तर नेपालका हरेक निकायमा अचेल विचौलियाहरु कसरी घुस्छन्,तिनकै इन्ट्रेष्ट अनुसार कसरी छिटो छरितो काम हुन्छ भन्ने एउटा सानो उदाहरणमात्र हो वाइडवडी जहाज खरिद प्रकरण ।

यो प्रकरणमा अमेरिका नै एक्सनमा उत्रिएपछि यहाँका नेता,प्रशासकदेखि विचौलिया व्यापारीहरुसम्मको रुवावासी र निद हराम शुरु भएको छ । नेपालका व्युरोक्रेसी,न्यायलयदेखि राजनीतिज्ञहरुलाई किनेर बच्दै आएका विचौलिया व्यापारीहरु उन्मुक्ति पाउँछन् वा कारवाहीको दायरामा आउँछन्,त्यो हेर्न बाँकी छ । विशेष गरेर वाइडवडी जहाज खरिद प्रकरणमा विचौलियाका रुपमा काम गर्ने र कमिसन खानकै लागि नक्कली कम्पनी खडा गर्ने एक व्यवसायीलाई असली चेहरा यो प्रकरणले बाहिरिएको टिप्पणी भइरहेको छ ।

३३ किलो सुन प्रकरणमा साझेदार विमल पोद्धार डामिँदा समेत शक्तिकेन्द्र मिलाएर उन्मुक्ति पाउँदै आएका गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा आफ्नो अनुकुल निर्णय गरिदिए वापत पूर्व मन्त्री पद्या अर्याललाई बस्नका लागि निशुल्क अर्पाटमेन्ट उपलव्ध गराएका व्यवसायी दीपक मलहोत्रा कमलपोखरीको जग्गा कुदृष्टि राखेर बदनाम खेप्दै छन्,उनै मलहोत्राले वाइडवडी जहाज प्रकरणमा नक्कली कम्पनी खडा गरेर यो प्रकरणमा आधा अर्व घुसको जोहो गरेको जनाइएको छ ।

मलहोत्राको कनेक्सन वाइडवडी प्रकरणमा जोडिन्छ विचौलिया दीपक शर्मामार्फत । यो प्रकरणमा अख्तियारले यो प्रकरणमा तत्कालीन विभागीय पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, शिशिरकुमार ढुंगानासहित नेपाली र विदेशी गरी ३२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वाडडबडी जहाज खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको भन्दै अख्तियारले ३२ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।

एएआर इन्टरन्याश्नल इन्क अमेरिकाका अध्यक्ष तथा सीईओ जोन एम होल्मस र आपूर्तिकर्ता तथा प्रस्तावक कम्पनीमध्ये इन्टरन्याश्नल सप्लाई चेनका अध्यक्ष, एएआर कर्प इन्क अमेरिकाका प्रतिनिधि दीपक शर्मालाई समेत अख्तियारले वाइडबडी जहाज घोटालामा प्रतिवादी बनाएको छ । नेपाली मुलका बेलायती नागरिक दीपक शर्मा एएआर कर्प इन्कसँग सन् २०१५ देखि जोडिएको देखिन्छ । डेढ अर्वको खरिद प्रक्रियामा ४८ अर्व मागदावी राखेर अख्तियारले मुद्धा चलाएसँगै मागदावी नपुग्ने र मुद्धा कमजोर पारिएको हुँदा विशेषबाट सफाई पाउने टिप्पणी एकातिर उठिरहेको छ ।

हो,यही प्रकरणमा नेपालको अख्तियारभन्दा पनि शक्तिशाली र स्वतन्त्र संघीय सरकारको नियामक निकाय (युएस एसईसी)ले वाइडबडी खरिदमा अमेरिकी कानुन उल्लंघन भएको भन्दै अनुसन्धान गरिरहेको छ,अमेरिकाको उक्त संस्थाले । यो प्रकरणमा अमेरिकाको कम्पनी जोडिएको पाइएसँगै त्यहाँको नियामक निकायले यो प्रकरणमा अनुसन्धान अगाडि बढाएको हो । ठूल्ठूला घोटाला (स्काम)को अनुसन्धान गर्दै आएको अमेरिकाको युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले समेत वाइडबडी घोटालामा छानबिन गरिरहेको स्रोतले जनाएको छ ।

नेपाल वायुसेवा निगमले एयरबसको दुई वटा वाइडबडी जहाज खरिद गर्ने भनेर २०७३ चैत २५ मा जहाज आपूर्तिकर्ता कम्पनी अमेरिकाको एएआर कर्प इन्कसँग सम्झौता गरेको थियो । नेपालको वाइडबडी जहाज खरिद घोटालामा अमेरिकी कम्पनी एएआर कर्प इन्क जोडिएपछि युएस एसईसीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको हो । यस्को ‘मास्टर माइन्ड’ एएआर कर्प इन्कका दीपक शर्मा हुन । उनकै योजनामा रातारात हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरियो । उक्त कम्पनी मार्फत नै नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज उपलब्ध गराइएको हो । नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआर कर्प इन्कका शर्माको मिलेमतोमा हाई फ्लाई एक्स नामक नक्कली कम्पनी खडा गरेको आरोप लाग्दै आएको छ ।

यस्का अलवा नेपालमा भएको वाइडबडी खरिद घोटालामा हङकङमा अर्को कमिसन एजेन्ट कम्पनी खडा गरेको पाइन्छ । अमेरिकी एएआर कर्प इन्कका दीपक शर्मा, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र विवादास्पद व्यापारी दीपक मल्होत्राको मिलेमतोमा हङकङमा कम्पनी खोलेर वाडडबडीमा कमिसनको खेलोमेलो मिलाएको खुल्न आएको छ । मल्होत्रका ‘बिजनेस पार्टनर’ दुबई र हङकङमा बसेर विश्वका विभिन्न देशमा सामसुङका मोबइल, टेलिभिजन, ट्याब्लेटलगायत उपकरण बेच्ने व्यापारीहरुको नाममा कम्पनी खडा गरेर वाइडबडी खरिदको कमिसन व्यवस्थापन गरिएको रहष्य फेला परेको छ ।

मल्होत्रका ‘बिजनेस पार्टनर’ सावर्थिया बुवा–छोरीको नाममा हङकङमा ड्याजल डिजाइन लिमिटेड नामक कम्पनी खडा गरी वाइडबडी खरिद प्रकरणमा आधा अर्ब बढी कमिसन व्यवस्थापन गरिएको दाबी छ । नेपाललाई लक्षित गरेर हङकङमा खोलिएको कम्पनी नीति इन्टरनेसनल लिमिटेडका ‘म्यानेजर’ समेत रहेका रमेशकुमार सावर्थिया र उक्त कम्पनी व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी उनको छोरी पूजाको नाममा ड्याजल डिजाइन लिमिटेड खडा गरिएको खुल्न आएको हो । दिपक मल्होत्रा मार्फत नै हङकङमा नेपाल चेम्बर अफ कमर्समा जोडिएको तथ्य समेत फेला परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *