टिके प्रथाले कांग्रेसभित्र भाँडभैलो

राजनीति समाचार

काठमाडौं । आफु प्रजातन्त्रवादी बन्नै नसक्ने अरुलाई प्रजातन्त्रको दुहाई दिने नेपाली कांंग्रेसले भगिनी संगठनलाई टिके प्रथामा राख्दा संस्थागत विद्रोहको रुप झन्झन् चर्कंदो छ । पत्रकार, डाक्टर, वकिल, इन्जीनियर, ठेकेदार, वैदेशिक रोजगारीको क्षेत्रका कांग्रेसहरुले संस्थागत वैधानिकता जोगाएका छन् । तर पार्टीले हस्तक्षेप गर्दा नेविसंघ, तरुण दल, महिला संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघजस्ता पार्टीका भातृ संस्था अलपत्र हुँदा पार्टी वरिष्ठ नेता डा.शेखरसमेत मौन छन् ।

कांग्रेसले वामपन्थीहरुसँग सिक्दैन । एमालेका भातृ संगठन चुस्त छन् । माओवादीभित्र पनि अध्यक्ष सर्वसम्मत बनाउने अन्य पदाधिकारी टिके प्रथा लागू गरेपनि त्यसमा असर पु¥याउने गर्छ । तर कांग्रेस सँधैको टिके प्रथामा रमाउँदा सभापति शेरबहादुरले आफ्नो टिमबाट भगिनी संगठन कसरी सक्रिय बनाउने होलान् कसैलाई चिन्ता छैन । डा.शेखरलाई असहयोग गर्ने र जताततै आफै अगाडि सर्ने गगन थापाको महामन्त्री पदले पनि भगिनी संगठनमा आफु छँदाको पिडा बुझेन् ।

भातृ संगठन टिके प्रथामा चलाउँदा कांग्रेस कमजोर भएको छ । कांग्रेसभित्र जनवर्गीय संगठनलाई चुस्त बनाउने काम न त हिजो थियो न त आज छ । कोइराला वंशबाट भत्केका संगठनहरु नियमित बनाउन शेरबहादुर देउवाले पनि सकेनन् । अघिल्लो कार्यकाल संगठन नबन्दै गुटकै भरमा रमाएका शेरबहादुरलाई सहयोग गर्ने कार्यकर्ताको आक्रोश चुलिँदैछ । पार्टी संस्थागत रुपमा चलेन भन्दैमा डा.शेखरले अभियान चलाउलान् भन्ने हो । तर डा.शेखरको देश दौडाहा महामन्त्री गगन थापाको जनसम्बन्ध अभियान क्रमश शिथिल बन्दै जाँदैछ । त्यही कारणले कांग्रेस संगठन संरचना शिथिल बन्नबाट रोक्न संसद अवरुद्ध गर्दै थियो । सरकारले संसद स्थगित गरिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *