कालाकर्तुत लुकाउन सचिव मरासिनीलाई अर्थको जिम्मा

राजनीति समाचार

काठमाडौं । विचौलियासँगको सेटिङ्ग,मुख्यसचिव दाहिने हात भए पछि यहाँ कर्मचारीलाई कस्ले छुनसक्छ ? सात महिना अघि गत असोज १५ गते उद्योगका सचिव मधु मरासिनीलाई अख्तियारले मुद्धा चलायो । उनीसहित नौ जनालाई प्रतिवादी,२३ करोडको भ्रष्टाचार मुद्धा दायर गरेको थियो अख्तियारले । मधु यति विश्वस्त थिए कि निकटवर्तीहरुलाई ‘६÷७ महिना पछि सफाई पाएर फर्कन्छु ।’ त्यही विशेष अदालत हो भ्रष्टाचार मुद्धामा घटीमा एक बर्ष नभए तीन चार बर्ष लड्काएको दर्जनौं उदाहरण छन्÷भेटिन्छन् तर मधुहरुको हकमा फाष्ट्र ट्रयाकमै क्लिन चिट दिइन्छ । क्लिन चिट पाएको पर्सीपल्टै अर्थजस्तो महत्वपूर्ण मन्त्रालयमा फर्कन्छन् ।

साढे तीन दशकको निजामती यात्रामा मरासिनीले १५ बर्ष जति त विदेशमै बसेर पढे,विदेशै बिताए । उनी हुलाकमा हुँदै विदेश पढ्न गए, एडिवीको जागिर खान भ्याए । न्यूयोर्कस्थित महावाणिज्यदूतावास ४ बर्ष बसे । महालेखा नियन्त्रक भए । अरु सहसचिवबाट सचिवमा उक्लिदा प्रदेश जान्छन्,उनलाई सिंहदरबारको चैघेरा तोडेर कहिल्यै बाहिर जानु परेन । महालेखामा हुँदा लेखाको कर्मचारी चलाउँदा गडबढी गरे । आफ्ना भाइ शम्भुलाई अर्थ अन्र्तगतका मालदार कार्यालयमा फिट गराए ।

शम्भु गृहमा बसेर तर मारेका कर्मचारी हुन । उनलाई मधुले अर्थ सचिव हुँदा अर्थमै तानेर त्रिभुवन भन्सार कार्यालय, मझौला करदाता कार्यालय,राजश्व अनुसन्धान हुँदै महालेखामै खटाए । अर्थको अनुभवविहिन शम्भुले मधुकै आर्शिवादमा मालदार ठाँउमा काम गर्ने अवसर पाइरहेका छन् । शम्भु महालेखा नियन्त्रक कार्यालयमा समेत बसेका उनले विवादास्पद सरुवा गरेको, सरुवामा रकम असूली गर्नुका साथैं लेखाको सिस्ष्टम भताभुगं बनाएको अरोप लाग्दै आएको छ ।

२३ करोडको नेसनल पेमेन्ट गेटवे सिस्टम खरिद भ्रष्टाचारमा बैशाख २५ गते सजाय निर्धारण हुँदै छ । उक्त भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर भए पनि मरासिनीसहित अन्य सबैले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल र मरासिनीसहित ९ जनाविरुद्ध गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा ६ महिनामै फास्ट ट्रयाकबाट फैसला भएर सुनिलबाहेकका सबैले सफाइ पाएका हुन् । मरासिनीले जसरी फास्ट ट्रयाकमा विशेष अदालतबाट सफाइ पाए त्यसैगरी कृष्णहरि पुष्कर कर्णलाई विस्थापित गरेर फास्ट ट्रयाकमा अर्थसचिव बनेका छन् ।

कृष्णहरिलाई हटाएर अर्जुनप्रसाद पोखरेललगायत अर्थसचिव बनाउन खोज्दा मुख्यसचिव अर्यालले बजेटको मुख्य अर्थसचिव फेर्न हुँदैन भनेर चलाउन मानेका थिएनन् तर, मधुले सफाइ पाउनेवित्तिकै उनै मुख्यसचिव अर्यालले शुक्रवारमात्र विशेष अदालतबाट क्लिन चिट पाएका मधुलाई सोमबारै अर्थसचिव सरुवाको पत्रमा हस्ताक्षर गरे । आइटीका एक पछि अर्काे भ्रष्टाचार प्रकरणमा मधु मरासिनीमात्र होइन स्वयं मुख्यसचिव बैकुण्ठ नै जोडिने हुँदा प्रमाणहरु नष्ट गर्नकै लागि अर्थमै सेटिङ्ग मिलाएर पठाएको कतिपय प्रशासकहरुको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *