एकीकृत समाजवादीका कर्मचारी र प्रेस संगठन दुई चिरा

राजनीति समाचार

काठमाडौं । एकीकृत साजवादी पार्टीका निकट राष्ट्रिय सहकारी कर्मचारी संगठन मोहन घिमिरेको संयोजकत्वमा गठन गरिएको थियो । त्यसपछि गगनसिंह विष्ट अध्यक्ष बनेका थिए । विष्ट राष्ट्रिय सहकारी कर्मचारी संगठनको अध्यक्ष बनेपछि त्यसलाई चुस्तदुस्त र चलायमान बनाउन सकेका थिएनन् । उनी हाल उपसचिवमा बढुवा भएका छन् ।

विष्ट उपसचिवमा बढुवा भएपछि राष्ट्रिय सहकारीकर्मचारी संगठनको अध्यक्ष यम खत्रीलाई बनाइएको थियो. । त्यसको सहअध्यक्ष शरण गुरुङ भएका छन् । सहअध्यक्ष भएपछि शरण गुरुङले समानन्तर अध्यक्ष चलाइरहेका छन् । गुरुङले समानन्तर अध्यक्ष मात्रै चलाएका छैनन्, विज्ञप्ति नै प्रकाशित गरेर वास्तविक राष्ट्रिय सहकारी कर्मचारी संगठनको अध्यक्ष आफू भएको दावी गरेका छन् ।

उता, अध्यक्ष यम खत्रीलाई पूर्वअध्यक्ष द्वय मोहन घिमिरे र गगनसिंह विष्टले सहयोग गरिरहेका छन् । अध्यक्ष र सहअध्यक्षको विवादले जन्मिएको तीन वर्ष नपुग्दै एकीकृत समाजवादी पार्टीको कर्मचारी संगठन यतिबेला दुई ग्रुपमा विभाजित भएको छ । एकीकृत समाजवादी पार्टीको कर्मचारी संगठनहरु दुई भागमा विभाजित भएका छ भने अन्य भ्रातृ, शुभेच्छुक तथा जनवर्गीय संगठनहरु लथालिङ अवस्थामा पुगेका छन् । त्यसैगरी एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन पनि दुई ग्रुपमा देखिएको छ । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समाजवादी प्रेस संगठनको गठन भएको थियो ।

श्रेष्ठ नेतृत्वको समाजवादी प्रेस संगठनको पहिलो अधिवेशनबाट विश्वमणि सुवेदी अध्यक्ष बनेका छन् । सुवेदी नेतृत्वको समाजवादी प्रेस संगठन चलायमान हुन सकेको छैन । नेपाल पत्रकार महासंघको चुनाव नजिकिरहँदा समाजवादी प्रेस संगठन एकजुट भएर अगाडि बढ्न नसकेको पत्रकारबीच चर्चा चल्न थालेको छ ।

केही मु्ठीभर पत्रकारहरु मात्रै जम्मा गरेर भेला, गोष्ट र भ्रमण गरेको, श्रमजीवी पत्रकारको मुद्दा नउठाएको, भेला, गोष्ठीमा संगठनका सबै पत्रकारलाई समेट्न नसकेको आरोप अध्यक्ष सुवेदीमाथि छ । पूर्व अध्यक्ष शम्भु श्रेष्ठ सुवेदी नेतृत्वको समाजवादी प्रेस संगठनको भेला, गोष्ठी र कार्यक्रमहरुमा कतै देखा पर्दैनन् । त्यसकारण पनि समाजवादी प्रेस संगठन एकजुट भएर अगाडि बढ्न नसकेको पुष्टी हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *