दुवाडीको सचिवालयमा जग्गाधनी र भूमाफियाको भीड

राजनीति समाचार

काठमाडौं । सरकारले पाँचपटक गरेर सचिव सरुवा गरेको छ । अस्ती सोमबार अदालतको पूर्ण पाठ नआउँदै अर्थमन्त्रालयको सचिवमा मधु मरासिनीलाई नियुक्ति दिएर सरकार बद्नाम भएको छ । मरासिनी नेशसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड ३७ लाख भ्रष्टाचार गरेको आरोपमा मुछिएका विवादित व्यक्ति हुन् । उनीविरुद्ध परेको मुद्दामा विशेष अदालतबाट पूर्णपाठ आउन बाँकी छँदै अर्थसचिवमा नियुक्ति गरेपछि सरकार बदनाम बन्दै गएको छ । पहिलाका अर्थसचिव पुष्कर हरि कर्णलाई प्रधानमन्त्री कार्यालय पठाएर अर्थसचिवमा मधु मरासिनीलाई ल्याइएको छ । मरासिनीलाई अदालतले सफाइ दिएपछि उनी अर्थसचिव बन्न सफल भएका छन् ।

तर, विशेष अदालतबाट मरासिनीको सफाइको पूर्णपाठ आउन बाँकी छ । अब सरकारले भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय सतर्कता केन्द्र्रका सचिव राम आधार शाहलाई सरुवा गर्न बाँकी छ । दुवाडी शक्ति र पावरको भरमा भूमि मन्त्रालयको सचिवमै रमाइरहेका छन् । उनी भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्र्तगत पर्ने विभिन्न मालपोत कार्यालहुँदै भूमि तथा अभिलेख विभागको महानिर्देशक पनि बन्न सफल भएका थिए ।

दुवाडी महानिर्देशक हुँदा ७७ वटै जिल्लाको जग्गाको अनुभव छ । त्यसको आधारमा सचिव चलाइरहेका छन् । तत्कालीन नाउपाकी भूमि सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ हुँदा सचिव दुवाडी र मन्त्री मिलेर विगत लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट, नयाँ जग्गा दर्ता, सोवासी जग्गा दर्ता खुलाएका थिए । मन्त्री र सचिव मिलेर नापी र मालपोत कार्यालयमा आफन्त फिट गरेका थिए । अहिले पनि मालपोत र नापीमा पुरानै कर्मचारीहरु रहेका छन् । हाल एमालेबाट भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारीले सचिव फेरबदल गर्न सकेका छैनन् । सचिव दुवाडी खाँटी कांग्रेस हुन् । कांग्रेस भए तापनि उनले प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल र मुख्य सचिव बैकुण्ठ अर्याललाई हात लिएर भूमि मन्त्रालयमा बस्न सफल भएको बताइन्छ ।

चाबहिलका मालपोत अधिकृत र ललितपुर मालपोत अधिकृतलाई सरुवा गरिएको छ । अब सचिव दुवाडीले कुन–कुन मालपोत कार्यालयका अधिकृत र नापी अधिकृतहरुलाई कहाँ–कहाँ सरुवा गर्छन् त्यो निश्चित छैन । अहिले भूमि सहकारी तथा गरिब निवारण मन्त्रालयमा ५÷७ जना उपसचिवहरुले जिम्मेवारी नपाएर हाटा गरेर हिड्ने गरेका छन् ।

कतिपय मालपोत र नापी कार्यालयमा सचिवका आफन्तहरु खटाइएको बताइन्छ । सचिवाको सचिवालयमा यतिबेला भूमाफिया, जग्गाधनीहरु र सहकारी सञ्चालकहरुको भिड लाग्ने गरेको छ । सहकारी सञ्चालक फरार रहेकाले सो केस मिलाउनको लागि पैसाको चलखेल हुने गरेको बताइन्छ । त्यसै गरी भूमाफिया र जग्गाधनीहरु जग्गा दर्ता गर्न र प्लटिङ गर्नको लागि ठूलो मात्रामा रकम चलखेल भएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *