मानव अंग प्रत्यारोपणको ७० करोडमो गिद्देनजर

राजनीति समाचार

काठमाडौं । यतिबेला स्वास्थ्य क्षेत्रभित्र जताततै भद्रगोलैभद्रगोलको अवस्था छ । स्वास्थ्यमन्त्री फेरिएसँगै सरकारी अस्पतालका निर्देशकहरु फेरिने परम्परा नै बसिकेको छ । त्यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो धनराशीको चलखेल हुने गर्दछ । धनराशीको चलखेल हुने कारणले नै मन्त्री फेरिनसाथ सरकारी अस्पतालका निर्देशकहरु फेर्ने र आफू अनुकूलको निर्देशक बनाउने गरिन्छ । यसले सरकारी अस्पतालभित्र सोझै राजनीतिक हस्तक्षेप भएको बुझिन्छ । त्यसको पछिल्लो उदाहरण बनेका छन् डा. पुकारचन्द्र श्रेष्ठ । डा. श्रेष्ठ अहिले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशक छन् ।

डा. श्रेष्ठको जागिरे अवधि २०८० भदौमा समाप्त भएको थियो । निजामती कर्मचारीको जागिरे अवधि ५८ वर्षको हुन्छ भने चिकित्सकहरुको ६० वर्ष हुन्छ । जागिरे अवधि ६० वर्ष पुरा गरी अवकास प्राप्त भएका डा. श्रेष्ठलाई तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मोटो रकम लिएर गत असोजमा फेरि मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बन्न सफल भएका थिए । त्यसको अध्यक्ष रहेका छन् रोसन पोखरेल ।

अध्यक्ष पोखरेल र निर्देशक डा. श्रेष्ठको मिलेमतोमा अस्पताललाई कमजोर बनाउने काम गर्दै छन् । यतिबेला मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला, कलेजो, फोक्सोलगायत भित्री मानव अंगको उपचारको लागि ७० करोड बजेट छुट्याइएको छ । तर, निर्देशक डा. श्रेष्ठले फोक्सो, कलेजोलगायत अन्य मानव अंगप्रति ध्यान नदिएर सबै बजेट गृगौला प्रत्यारोपमा मात्रै खर्च गर्ने गरेका छन् । मानव अंग प्रत्यारोपण केन्द्रमा अन्य विशेषज्ञ डाक्टर हुँदाहुँदै पनि बाहिरबाट हायर गरेर डाक्टर बोलाउने गरेका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रमा रहेका विशेषज्ञ डाक्टरहरुलाई वाइपास गरी आफूखुशी एकलौटी ढंगले अस्पताल चलाएको भनेर स्थानीय सर्वसाधारणले समेत असन्तुष्टि पोख्न थालेका छन् । वैशाख ११ गते मानव अंग प्रत्यारोपण केन्द्रको वार्षिकोत्सव मनाइरहँदा अस्पतालमा कार्यरत अन्य डाक्टर र स्थानीय सर्वसाधारणहरुले प्लेकार्ड बोकेर निर्देशक डा. श्रेष्ठको ध्यानाकर्षण गराइरहेका थिए ।

अस्पतालको सेवा सञ्चालन राम्रो नगरेको, विशेषज्ञ डाक्टरहरुलाई सेवा प्रवाह गर्न नदिएको, स्थानीय सर्वसाधारणले सेवाप्रवाह चुस्तदुरुस्त भएको भनेर गुनासो गर्दा सुनुवाइ नगरेकोलगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो । मानव अंग प्रत्यारोपण केन्द्रजस्तो सम्वेदनशील संस्थामा निर्देशक र अध्यक्षको मिलेमतोमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भइरहँदा स्वास्थ्यमन्त्रालय र सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *