वैशाख २६ मा एकीकृतले ओलीलाई जवाफ दिने

राजनीति समाचार

काठमाडौं । दस सिटे पार्टी राष्ट्रिय पार्टी होइन, प्रधानमन्त्री पद खोसेर जग हसाउँछ । एमाले अध्यक्ष केपी ओलीले त्यो टिप्पणी गरेको पार्टी एकीकृत समाजवादी कसैको कृपा र निगाहमा होइन, आफ्नै क्षमता र हैसियतामा राजनीति गर्ने चेतावनी दिएर एमालेले मनाएको हिरक महोत्सवमा पार्टी अध्यक्षबाट बहिष्कार गरियो । कार्यक्रममा माधव नेपाल सहभागी नहुनु भनेको ओलीको हेपाहा प्रवृत्ति र प्रधानमन्त्री पुष्पकमल दाहाल स्वार्थ चरित्रमाथि प्रहार हो ।

एकीकृत समाजवादीले वैशाख २६ गते स्थायी कमिटीको बैठक राखेको छ । त्यो बैठकमा वर्तमान गठबन्धन सरकारले प्रकाशन गरेको साझा अवधारणापत्रअनुसार काम नभएको स्थिति छ । समाजवादीले एमाले, माओवादीबाट हेपिएको बताएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेले यो गठबन्धन सर्पसँग सुतेजस्तो भएको बताएका छन् । पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको स्वार्थका कारण गठबन्धन अस्थिर भएको बताउँछन् । एमालेको संगठन संरचना केपी ओलीको वरिपरि घुमेको छ ।

एमालेमा विधि र प्रक्रियाको गजमा हैन तर पार्टी भने गतिशील छ । समयमा अधिवेशन गर्ने र नेतृत्व चयन गर्ने एमालेको अभियानबाट अरु पार्टीले शिक्षा त लिन्छन् । तर सहयात्री दलका नेतालाई हेप्ने प्रवृत्ति अध्यक्ष ओली र उपाध्यक्ष ईश्वर पोखरेलको हटेको छैन ।
त्यसैकारण एमालेबाट चोइटिएको एकीकृत समाजवादी गुटको जवाफ पत्थरले दिन प्रदेश सरकार निर्माणमा केपी ओलीलाई धक्का दिएको छ । वर्तमान सरकारको अस्थिरता बढ्नुको कारण एमालेका नेताहरुको कांग्रेसका केही नेतासँग उठबस बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *