प्रशासनिक अस्थिरता बढ्दै

राजनीति समाचार

काठमाडौं । राजनीतिक अस्थिरताका कारण नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन भित्र संसय खडा गरेर दोस्रो तहका नेतालाई कांग्रेसको टोलीसँग सत्ता सहकार्यको ढोका खोल्न लगाएका छन् । देशका ठूला दलले सत्ता सहकार्य गर्ने हल्ला चलाउँदा प्रशासनिक तहको अल्छीपनको झल्को आएको छ । प्रशासनिक तहमा सत्ता स्वार्थका लागि चासो राख्ने चलन छ । प्रशासनिक तह राजनीतिकरण भएको छ । एमाले र कांग्रेसका कर्मचारीले माओवादीबाट स्वार्थ पुरा गर्छन् । तर माओवादीलाई सहयोग गर्दैनन् ।

माओवादीको शक्ति गुम्दै गएको छ । पद र कुर्सीका लागि माओवादीले जहाँ पनि हानी फैलाएको छ । चुनावमा एमालेलाई एक्ल्याएर कांग्रेससँग मिल्दा पनि कांग्रेसको डा.शेखर गगन गुटले खेदो खन्न थालेपछि गठबन्धन फेर्न प्रधानमन्त्री बाध्य भएका थिए । कांग्रेससँग गठबन्धन गर्दा जुन उद्देश्य लिइयो, त्यो पुरा भएन । कांग्रेसको मार्काेस डा.आरजु राणाको चित्त बुझाएपछि काम राम्रो गर्नुपरेन । भ्रष्टाचार र बेथिति कांग्रेसको चरित्र हो । माओवादीलाई एक्ल्याउन एमाले पनि तयार भयो । आज कार्यकर्ताको भावनाअनुसार वामएकताको पहल शुरु गर्दा नगर्दै कांग्रेसले अस्थिरताको शंख फुकेको छ । त्यहाँ केपी ओलीसँग रिसाएका माधव नेपाल सहभागी भएका छन् । राजनीतिक अस्थिरतामा जोडेर प्रशासनिक अस्थिरता चम्किँदैछ ।

माओवादीले चुनाव हराईदिएको रिस शंकर पोखरेल, ईश्वर पोखरेललाई छ । यी दुबैले कांग्रेससँग तत्काल सत्ता सहकार्य गरेर माओवादीलाई सडक छाप बनाउने योजना बनाएका छन् । दुबैे जना माओवादीको साथ लिएर भोलि चुनाव लड्नु छ भने आज माओवादीलाई शत्रु किन ठानिँदैछ । अहिले सरकारमा आठ मन्त्रालय लिएर पनि एमालेले केही गरेको छैन । आखिर भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय एमालेले लिएकै छ । लोकतन्त्रमा जनताको भावना पुरा गर्ने मकाम मन्त्रीले गरेका छैनन् ।।

कनिष्ठा र त्यागको राजनीति छैन । सत्ता स्वार्थ केन्द्रित चरित्र नेतामा छ । प्रधानमन्त्री पदका लागि प्रचण्डलाई पंगु बनाउने काम एमालेबाट भयो भने राजनीतिमा यस्तो दुर्गन्ध बढ्दो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *