विभाग हल्लाउने यी शक्तिशाली नासु

राजनीति समाचार

काठमाडौं । एउटा सुब्बाले सिंगो विभाग नै हल्लाइदिन्छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर यस अघि पुल्चोकमा बसेर विभागका उच्च पदस्थदेखि व्यापारीहरुलाई हायल कायल खेलाउने,उठाउने धन्दा चलाउँदै आएका एक सुब्बा वल्ला घरबाट पल्लाघर सरेका छन् । त्यहाँ पुगेर पनि उच्च पदस्थ कर्मचारी,ठूला व्यापारीहरुलाई हत्तु खेलाउँदै छन् । ती कर्मचारीले त्यहाँ पुगेको महिना दिनमै कर्मचारी,उद्योगीदेखि व्यापारीहरुलाई त्राहिमाम पारेका छन् ।

सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री,सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयलाई पानीको फोका’ झैं क्षणभरमै उल्टाइदिएकै थिए ।अहिले विभागका कर्मचारीहरुलाई टेर्ने छाडेको र व्यापारीहरुलाई गन्न छाडेको कर्माचारीहकै आरोप छ । यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन, कानुन आकर्षित हुन्छ । कसैले छुन वा चलाउन सक्छ । न त कुनै परिपत्रले केही लछार्न सक्छ ? यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन,कानुनले कम र ‘डनतन्त्र’ले बढी चलिरहेको छ ।

पद सानो तर पावर र पहुँच डनतन्त्र देखाउने शक्तिशाली कम्युटर अपरेटर हुन,ध्रुव भण्डारी,राजपत्र अनकिंत प्रथम श्रेणीका कर्मचारी । कर्मचारी संकेत नम्बर, १९५२८१ रहेका उनी यस अघि लामो समय ठूला करदाता कार्यालय, ललितपुरमा डाटा इन्ट्री सुपरभाइरजरका रुपमा कार्यरत रहे । त्यहाँका हाकिम राजेश्वर ज्ञवाली हुँदा उनकै हर्ताकर्ता बनेर काम गरे । राजेश्वर त्यहाँबाट सरुवा भएर अहिले महालेखा नियन्त्रकको कार्यालयमा पुगेका छन् । लामो समयसम्म उक्त कार्यालयमा हाकिमहरुका दाहिने हात बनेर काम गरेका कर्मचारी हुन भण्डारी । यस अघि राजेश्वर नै हाकिम हुँदा भण्डारीलाई त्यहाँबाट सरुवा गरेर महालेखा नियन्त्रक कार्यालय वा अन्तरगत पठाएको थियो । तर आठ महिनासम्म सुब्बा तहका कर्मचारीलाई जोगाएर र बोकेरै बसे राजेश्वरले ।

राजेश्वर त्यहाँबाट सरुवा भएर हिडेको केही समयपछि नै ध्रुव सरुवामा परे । उनको सरुवा अर्काे आकर्षक र मालदार कार्यालय मानिएको आन्तरिक राजश्व कार्यालयमा भयो । यो कार्यालयमा बर्षमान पुन अर्थमन्त्री भएसँगै वनबाट तानेर राजश्वसम्बन्धी जानकारी नै नभएका शिवलाल तिवारीलाई त्यहाँ डिजीको रुपमा खटाइएको छ । ध्रुवलाई पनि अहिले उनै डिजीको सचिवालयमा बस्ने जिम्मेवारी दिएर पुल्चोकबाट लाजिम्पाटतिर पु¥याइएको हो । ध्रुवको सरुवामा अर्थ मन्त्री बर्षमान पुनका नातेदार,अर्थकै कर्मचारी प्रशासन महाशाखामा रहेका कमानसिंह थापा मगरको मुख्य भूमिका रहेको बताइन्छ ।

कमानसिंह पनि कम्ताका कर्मचारी होइनन् । जता जता माओवादीका मन्त्री हुन्छन्,त्यतै त्यतै बसेर लाभ लिने कर्मचारीमा पर्दछन् । उनकै विशेष पहलमा हालैमात्र अध्यागमनका ठगीमा मुछिएका विकास डंगोललाई उर्जा मन्त्रालयमा पठाउने काम भएको छ । यस्तै नक्कली लाइसेन्स प्रकरणमा डामिएका कम्युटर इञ्जिनियरलाई प्रमाण नै नष्ट गराउने गरी सञ्चारबाट अख्तियार पठाउने भूमिका पनि कमानसिंङकै हो भन्दैछन्,अर्थका कर्मचारी । उनकै विशेष पहलमा बदनामीमा मुछिएका कम्युटर अपरेटरलाई समेत ठूला करदाता कार्यालयबाट आन्तरिक राजश्वमा हाकिमको सचिवालयमा खटाएका हुन । त्यहाँका कर्मचारी चाहिँ ध्रुवलाई छाँया डिजीको संज्ञा दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *