मेयर बालनेका कारण सर्वसाधारणको उठिबास

राजनीति समाचार

काठमाडौं । स्वतन्त्रको नाममा उदायका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहार र विद्युतका पोलहरुमा झुण्डिएका तार व्यवस्थापन गरेर केही राम्रा काम गरे तापनि फुटपाथ, सडक व्यवस्थापन गर्ने निहुँमा लाखौं फुटपाथे व्यापारीहरुको उठिवास लगाएका छन् । फुटपाथे व्यापारीलाई उठिवास लगाएर माडवारी तथा ठूला व्यापारीहरुलाई केही फाइदा पुगेको छ । उता, सडक, पेटीमा व्यापार, व्यवसाय गरेर सर्वसाधारणले सहकारी संस्थामा जम्मा गरेको पैसासमेत हिनामिना पारिदिएका छन् । किन कि ती सर्वसाधारण फुटपाथे व्यापारीहरुले सहकारीमा पैसा राखेर सञ्चालकहरुलाई केही राहत मिलेको थियो ।

अहिले ती फुटपाथे व्यापारीहरुलाई महानगरपालिकाले उठिवास लगाएपछि उनीहरुसँगै सहकारी संस्थाहरु पनि भागाभाग भएका छन् भने कतिपय टाट पल्टिएका छन् । सहकारीको आम्दानी घटेपछि न त घरजग्गा विक्रीवितरण हुन्छ, न त ढुकुटीमा थन्क्याएको पैसा लगानी हुन्छ । संसारमा सहकारी संस्थाहरुले सर्वसाधारण जनतालाई सर्वसुलभ ब्याजमा ऋण दिएर ब्यापार, व्यवसायमा सहयोग गरेका हुन्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो सहकारीमा पैसा राख्दा अथवा ऋण लिँदा घरवास नै गुमाउन वाध्य हुनुपरेको छ । कतिपय ठूला व्यापारीहरुलाई यो त्यो बहाना पारेर कर असुल्न थालेपछि व्यापारीहरुको पनि भागाभाग हुन थालेको छ । अधिकांश व्यापारी चेक बाउन्सदेखि विभिन्न ठगी काण्डमा मुछिएर जेलसम्म पर्ने गरेका छन् ।

ठूला व्यापारीहरु जेल परिसकेपछि उनीहरुको बन्दव्यापार र लगानी पनि खेरा गएको छ । मेयर बालेन शाहले स्पष्ट नीतिनियम बनाएर व्यापारीहरुलाई लगानीमैत्री वातावरण बनाउनुपर्नेमा त्यो नगरी उल्टै व्यापार व्यवसाय गर्नेलाई उठिवास लगाउनुले भोलिका दिनमा आर्थिकमन्दीले देश जर्जर हुने देखिन्छ । मेयर बालेनले आफ्नो प्रचारको लागि सामाजिक सञ्जाल प्रयोग गर्ने, राजनीतिक दलका नेताहरुलाई तथानाम गाली गर्ने, सञ्चारमाध्यमको कुरा नसुन्ने, आफ्नो मनमा जे लाग्छ त्यो गर्दै आएका छन् ।

स्थानीय तहको विकास निर्माणको लागि वार्षिक योजना ल्याउनुपर्नेमा त्यो नगरी हचुवाको भरमा कहानेर के गर्न मन लाग्छ त्यो गर्दै आएका छन् । मेयर बालेनले शिक्षा, स्वास्थ्य, खानेपानी र भित्री सडकमा केही काम गर्न खोजे तापनि अन्य विकास निर्माणका काम गर्न सकेका छैनन् । खर्च गर्न नसक्दा बजेट फ्रिज भएर खेरा जाने देखिन्छ । कामनपाले आर्थिक वर्षको अन्त्यतिर आएर सडकपेटी भत्काउने र टालटुल गर्ने नाममा पैसा खर्च गरिराखेको छ । तर, नयाँ निर्माणका कामहरु भएका छैनन् । पुनो इतिहास बोकेका मठमन्दिरहरुलाई भत्काएर पहिचान मेटाउने काम बालेनले गरेका छन् । त्यसैगरी नगरप्रहरीहरुले विभिन्न बहाना बनाएर तरकारी र फलपूल व्यापारीहरुलाई हैरान पार्ने काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *