विप्लब र वैद्य माओवादीका कार्यकर्ताद्वारा कर्मचारीमाथि कालोमोसो

राजनीति समाचार

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी गरेको आरोप लागिरहँदा उनीविरुद्ध पीडितहरुले सडक आन्दोलन गरिराखेका छन् । तर, भूमि, सहकारी तथा गिरिवी निवारण मन्त्रालयका मन्त्री, सचिव र सहसचिव सहकारी कार्यक्रममा भाग लिन जोर्डन पुगेका छन् । सोही दिन भूमि तथा अभिलेख विभागका महानिर्देशक विदुर खनाललाई विप्लब माओवादी र वैद्ये समूहका केही कार्यकर्ताहरुले कार्यकक्षमै कालोमोसो दलेका थिए । उता, मन्त्री बलराम अधिकारी र सचिव गोकर्णमणि दुवाडी जोर्डनतिर रमाइरहेका छन् ।

यता, भूमि तथा अभिलेख विभागका महानिर्देशक खनालले कालोमोसोको सामना गर्नुपरेको छ । महानिर्देशक खनालको जागिरे अवधि पनि धेरै छैन । उनलाई जागिरबाट अवकास हुने बेलामा किन कालोमोसो दलियो भन्ने तामाकोशी सन्देशको प्रश्नमा मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘सरकारी जग्गा हड्ने भूमाफियाहरुलाई कारबाही नगरेको भनेर महानिर्देशकलाई कालोमोसो दलेको उनीहरुको भनाइ छ ।’ विप्लब र वैद्ये समूहका कार्यकर्ताले यसरी दिनदहाडै कर्मचारीहरुलाई कालोमोसो दलिरहेका छन् । त्यसैगरी सरकारी आयोजना, योजना प्रमुखहरुसँग आर्थिक सहयोग मागेर आतंक मच्चाइरहेका छन् ।

उनीहरुको लक्ष्य पनि अब मालपोत कार्यालय नापी कार्यालयलाई आक्रमण गर्ने देखिन्छ । तर, सरकारले सरकारी कार्यालयमा दिनदहाडै कर्मचारीमाथि आर्थिक तथा भौतिक आक्रमण भइरहँदा सरकार र सम्बन्धित मन्त्रालय मुकदर्शक बनेर बसिरहेका छन् ।

सहकारी तथा गरिवी निवारणसँगै अन्य मन्त्रालयका कर्मचारीहरुलाई पनि उनीहरुले आर्थिक सहयोगको नाममा चन्दा आतंक मच्चाइरहेका छन् । कर्मचारीमाथि हुने यस्ता गतिविधिहरु विगत लामो समयदेखि हुँदै आए तापनि कर्मचारीहरु तैचुप मैचुपको अवस्थामा छन् । राजनीतिक पार्टीको नाममा चन्दा उठाउने गविधि नरोक्ने हो भने भोलिका दिनमा कर्मचारी, उद्योगी, व्यापारीहरुमाथि आक्रम नहोला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *