प्रधानमन्त्री दाहाल नै बलवान

राजनीति समाचार

काठमाडौं । विचार मिल्ने तर कांग्रेस र एमालेलाई साइजमा राख्ने चार दल मिलेर बनेको समाजवादी मोर्चा बाँच्ने कि मर्ने दोसाधमा पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल आतंकित बनेका छन् । उनलाई त्यो मोर्चाबाट माधव नेपाल र उपेन्द्र यादव फुत्कन्छन् कि भन्ने डर छ तर नेकपाका महासचिव एवं अधुरो जनयुद्धका नाममा नेकपाकै सरकारको समयमा एनसेलसँग मिलेर टावरमा बम पड्काएर बीमाको रकम भागवण्डा गर्दाको धरातल एमालेका अध्यक्ष केपी ओलीले राम्रैसँग बुझेका छन् भन्ने हेक्का प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्नैपर्दछ । अहिले नेकपाको चन्दबाट संसदमा केही हुँदैन । तर मिसन ०८४ मा जनयुद्धकारी शक्तिले एमाले मोर्चामा सहभागी भए भने भागवण्डाको ६०÷४० राम्रै सदुपयोग गर्न सक्छन् ।

अहिले प्रधानमन्त्री दाहालले आतंकित हुनुको कारण राष्ट्रिय सहकारी ठग पार्टीको माथि संसदमा ७९ सिटे काङ्ग्रेस १४ सिटे राप्रपाले प्रहार गर्ने नै हो । जनताको पैसा सहकारीबाट ठगेको छ । आफ्ना सहयात्री जिवी राईलाई लुकाएको छ । प्रहरीको संरचनामाथि आक्रमण गरेको छ । आफुले ठगेको पैसा फिर्ता नगर्ने सरकारले दर्ता गरेकाले सरकारले नै रवि लामिछानेजस्ताले लुटेको पैसा तिर्नुपर्छ भनेको छ । गृह तथा उपप्रधानमन्त्री अपराध नियन्त्रणमा कानूनको पालना गर्ने पद रहँदा पनि कांग्रेसका काजीहरु धम्की दिन्छन् । प्रमुख विपषीको त्यो डुक्राईले सत्ताको रौनकमाथि पुष्पकमल दाहाल आतंकित हुँदा माओवादी अध्यक्ष प्रचण्डको समाजवादी मोर्चाको हालत के होला शंका पनि छ ।

पद र कुर्सीका लागि कथित सर्वहारा वर्गको नयाँ सामन्तहरु केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल कुर्सीकै लागि उपयोगवादी सिद्धान्तको अंशियार बनेका कारण अन्ततः माधव नेपाल सत्ताच्युत हुँदैछ । मुखले परिवर्तनको ढोंग फुक्ने व्यवहारमा राज्यस्रोत लुटेर झापा आन्दोलनका सिपी मैनालीले संसद देख्ने ठाउँ छैन । अरुलाई नवसंशोधनवादी आफु भारत सरकारको गुप्तचरी समूह रअबाट भत्ता खाने मसालका मोहन विक्रमलाई प्रचण्ड र केपीभन्दा कांग्रेका भ्रष्ट आरजुकै आदेशमा चल्ने शेरबहादुर देउवाप्रति लगाव छ ।

अवसरवाद नेपाली राजनीतिको आदर्श भएको कारण माधव नेपाल र उपेन्द्रले सत्ता छोड्दा पनि प्रचण्ड सरकार ढल्ने छैन । किनकि १५७ मत पाएको थिए । उपेन्द्रको पार्टी फुट्यो । सात सांसदले उपेन्द्रलाई छाडे । अब माधव फुट्दैछन् । माधव र उपेन्द्रको २२ मत घट्दा १३५ मत हुन्छ । बहुमत पु¥याउन १३८ मत जरुरी छ । संसदमा अमरेश र प्रभु मात्र छैनन्, जनमत पनि छ । त्यसमा उपेन्द्रका सात जना सत्ता टिकाउन आए माधवका ६ जना आउने चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *