रविको ओरालो यात्रा

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सहकारी ठग पार्टीका अध्यक्ष रवि लामिछानेको राजनीतिक खस्किँदो छ । आठ लाख जनताको सहकारीको पैसा झ्वाम पारेर त्यो पैसा सरकारले तिर्नुपर्छ भन्ने नालायक उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नैतिक रुपमा पार्टी अध्यक्ष र गृहमन्त्री बन्ने ठाउँ छैन । तर प्रचण्ड सरकार टिकाउन भ्रष्टाचार र सहकारी ठगलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएर लोकलाज हँसाएका केपी ओली आफै पनि नीतिगत भ्रष्टाचारका अभिभावक मानिँदैछ ।

केपी ओलीको समृद्धि र विकासमा लुटतन्त्र केन्द्रित छ । कम्युनिस्ट एकता भत्काउने संसद भङ्ग गर्ने नीतिगत भ्रष्टाचार गर्ने कम्युनिस्टको पैत्रिक सम्पत्ति बन्दैछ । कम्युनिस्टको पैत्रिक सम्पत्तिको विरोध गरेर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी एक वर्ष ४ महिनामा नाम फेरेर राष्ट्रिय सहकारी ठग पार्टीको रुपमा परिणत भएको छ । नेपाली जनतालाई ठगेर उपप्रधानमन्त्री बन्दा सम्पत्ति विवरण नगर्ने रवि लामिछानेको बोलीले जनता आकर्षित भएपनि व्यवहार बदनाम भएको देखिन्छ ।

रासोपाले इलाम २ मा चुनाव लड्न झापाका रमेश प्रसाईलाई अगाडि सार्दा व्यापकता थियो । तर जब प्रेस सेन्टर छाडेर मिलन लिम्बु चुनावमा उम्मेदवार हुने रहर गरे त्यो इच्छा पूरा गर्न रविले झापाली रमेश प्रसाईलाई छाडेर लिम्बुतिर लागे । त्यहाँ पहिचानवादीको विषय उठ्यो । प्रसाईंको भन्दा इलाममा लिम्बू पहिचान बलियो देखेर मिलनलाई काँध हाल्दा जफत हुने गरी छण् मत प्राप्त भयो यो भनेको रास्वपाको ओरालो यात्रा हो ।

चितवनका जनताले रवि बोक्नुका कारण त्यहाँ वामपन्थी जनमत बाँडिनु हो । तनहुमा कांग्रेस भित्र रामचन्द्र र गोविन्दराज जोशीको लडाई पौडेलले जोशी पुत्रमाथि गराएको सांघातिक आक्रमण पनि पराजयको प्रमाण हो । रविको पार्टीमा डाक्टर स्वर्णिम वाग्ले विदेशी डाइनोसर थिए । उनले अरुलाई खाए । बामपन्थीमा विभाजन, कांग्रेसमा कुटाकुट, उपचुनावमा रास्वपालाई बाटो खुल्यो । आज त्यो पार्टी राष्ट्रिय सहकारी ठग पार्टी बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *