कांग्रेसको योजना यता न उता

राजनीति समाचार

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरू मात्र होइन संघीय सरकारमा मन्त्री पाएर पनि सन्तुष्ट छैन । एउटा प्रधानमन्त्री पद छ, कांग्रेसले उपेन्द्र र माधवलाई बाँडिदै थियो । कम्युनिस्ट एकता र सहकार्यका लागि मात्र होइन, देशको समग्र हितका लागि बाम सहकार्यलाई जोड दिँदै एमाले अध्यक्ष केपी शर्मा र प्रधानमन्त्री प्रचण्ड बीचमा भएका सहकार्य माधवले पत्याएका छैनन् ।

माधवको पार्टी पनि उपेन्द्रकै पार्टी जस्तो बन्दैछ ।
माधव नेपाल कांग्रेससँग पनि मिलेका छन् । गठबन्धन भत्काएर कांग्रेसले माधवलाई प्रधानमन्त्री दिने भन्दै सरकारमा भएका जसपालाई पनि उचालेको थियो । त्यहीकारण राजनीतिक अस्थिरता जगाएको छ । एमाले र माओवादीले इलाम दुईमा गठबन्धन गर्दा एक्लै चुनाव लडेर जनमत जोगाउन नसकेको एकीकृत समाजवादीलाई सांसद पद छाड्नुपर्ने एकीकृतको अडान थियो । बझाङमा पनि एकीकृतका उम्मेदवारले २५१४ मत पाए, तर खोजियो संसद्को उम्मेदवार सरकारी गठबन्धनबाट ।

संसदमा भएका दलहरूमध्ये एकीकृत समाजवादी घाँडो बनेको छ । यो पार्टीका जिल्ला पार्टी कमिटीकै नेताहरूले पार्टी त्यागेर एमालेको नेतृत्व स्वीकार गरेका छन् । आफ्नै पार्टी खस्केको छ । पार्टीका नेताहरुलाई जोगाउने कार्यक्रम छैन । पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद रहेको छ । बहुदलीय जनवाद नै भन्ने हो भने नेकपा एमाले छँदैछ भन्ने वरिष्ठ नेता झलनाथ खनालले समाजवादको बाटोमा जान जबज नसक्ने बताइरहेका छन् । तर माधव जबजलाई उन्नत बनाउने भन्छन् ।

एमालेबाट चोइटिएको राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीको लोभ देखाइदिएको छ । कांग्रेस ८८, राप्रपा १४, जसपा १२, एकीकृत १०, जनमत ६, नागरिक उन्मुक्ति ४ जोड्दा संसदमा बहुमत १३८ पुग्छ । तर यहीबेला जसपा फुट्दा यसभित्र पनि भुइँचालो गएको छ । सरकार बनाउन आवश्यक मत त्यही हो । तर जसपा उपप्रधानमन्त्री सहित एकीकृत दुई मन्त्री सहित सरकारमै छन् ।

नागरिक उन्मुक्तिले पनि प्रचण्ड सरकारलाई समर्थन गरेको छ । प्रभु शाह र डा.अमरेश सिंह पनि सत्तापक्षकै समर्थक हुन् । एमाले ७९, रास्वपा २१, माओवादी ३२, जसपा १२, एकीकृत १० सहित प्रचण्ड सरकारको साथमा अहिले १५७ जनाको समर्थन थियो । यहाँ एकीकृत सरकारबाट हट्दा पनि सरकार ढल्दैन । जसपाको मधेश प्रदेश सरकारले विश्वास गुमाउने डर उपेन्द्रलाई भएर माधव नेपालको पछि लागेको थियो । तर आइतबार त्यही पार्टी फुट्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *