जयवीर देउवा नाममा ७३ रोपनी जग्गा कहाँबाट आयो ?

राजनीति समाचार

काठमाडौं । देखिदो आम्दानी,व्यापार÷व्यवसाय केही छैन तर सम्पत्ति मिटरव्याज चढे जसरी बढेको बढ्यै छ । कुन स्रोतबाट थुप्रन्छ यसरी पैसा ? यस्को खोजबिन र छानबिन कस्ले गर्ने ? सुनकाण्ड,नक्कली भुटानी शरणार्थी काण्ड,सहकारी ठगी प्रकरणमा माओवादीका नेता पुत्रहरु डामिए । कोही जेलतिर छन्,कोही फरार ।यस्तै एउटा शक्तिकेन्द्रका पुत्रको नाममा पछिल्लो पछिल्लो ६ बर्षमा थपिएको सम्पत्ति देख्दा जो कोही चकित हुने स्थिति छ । यो प्रंसग हो,पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सांसद आरजु राणा पुत्र जयवीर सिंह देउवाको । बेलायतको युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका जयवीरलाई २८ बर्षकै उमेरमा झण्डै ७३ रोपनी जग्गा जोडेको भेटिएको छ,त्यो पनि पछिल्लो ६ बर्षमा ।

कहिले टुटलका विवादमा जोडिएका त कहिले इम्बोस्ट नम्बर प्लेटदेखि महिलाले लगाउने स्यानिटरी प्याडसम्ममा जोडिएर विवादमा आएका जयविरका नाममा देशभर पछिल्ला ६ बर्षमा ७५ रोपनी जग्गा जोडिएको एउटा अभिलेख प्राप्त हुन आएको छ । कतिसम्म भनिन्छ भने नारायणथान एरियामा विनोद चौधरी,उमेश श्रेष्ठलगायतको संयुक्त लगानीको ‘प्रोपर्टी’ मा समेत जयवीरले तनाव दिएको श्रेष्ठको बैंकिङ कारोबारमा सम्बन्धित पात्रहरूले बताएका छन् । सो प्रोपर्टीमा निःशुल्क प्राप्त १० प्रतिशत हिस्साबापतको पैसा परमादेशबाट देउवा प्रधानमन्त्री बन्नुअघि देउवा परिवारले नगद खाँचो परेको भन्दै लिएर फिर्ता नगरेको चर्चा पनि व्यापारिक वृत्तमा सुनिन्थ्यो । यस्का अलवा स्यानिटरी प्याड प्रकरण त बजेटमै हेराफेरि गराएका कारण सतहमा देखिएको थियो ।

उनको लगानीमा सञ्चालन भइरहेको कम्पनी ब्लूप्रिन्ट ट्रेडिङ प्रा.लिले सेनिटरी प्याड आयात गर्न करको दर नै हेरफेर गरेपछि आन्दोलनै भएको थियो । देउवा प्रधानमन्त्री र जनार्दन अर्थमन्त्री हुँदा जयवीरको कम्पनीलाई पोस्नकै लागि विदेशबाट आयात हुने सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट हुनेगरी व्यवस्था गरिएको थियो । यही कम्पनीबाट झण्डै ९ करोड थान प्याड चीनबाट अर्डर भएको थियो । पछिल्ला केही बर्ष यता जयवीरले पश्चिम गोदावारी मिनिरल वाटर, ब्लूप्रिन्ट ट्रेडिङ, मण्डला डिजाइन होल्डिङ्समार्फत आफ्नो कारोवार गर्दै आएका छन् ।

यी कम्पनी मार्फत कारोवार गर्दै आएका जयवीरले पछिल्लो ६ बर्षमा ७३ रोपनी जग्गा जोडेको देखिन्छ,त्यो पनि काठमाडौं,पोखराजस्ता स्थानमा । काठमाडौको चपलीमा दुई रोपनी,कास्कीको ढिकुरेपोखरीमा एक जना बहालवाला सहसचिवको नामबाटै २२ रोपनी जग्गा जयविरको नाममा आएको भेटिन्छ । यस्तै,बर्दियामा समेत जयवीरकै नाममा एकल स्वामित्वमै जग्गा जोडिएको भेटिएको छ । यी विभिन्न स्थानमा गरी उनका नाममा ७३ रोपनी जग्गा जोडिएको छ । जस्को बजारमूल्य २ अर्बभन्दा बढी हुन आउँछ । यस्को स्रोत के हो ?
एउटा व्यापारी,सर्वसाधरण नागरिकको सम्पत्तिको स्रोत खोज्ने अख्तियार,सम्पत्ति शुद्धीकरण विभागजस्ता निकायको आँखा जयवीरले खडा गरेको सम्राज्यमा पर्दछ कि पर्दैन ? हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *