सप्तऋषि आयुर्वेदले लाखौं जनता ठग्दै

समाचार

काठमाडौं । कला हुनेले कसरी लुट्छन्,भन्ने एउटा गतिलो उदाहरण हुन टिकाराम बूढाथोकी । जसरी हिजो चन्द्रागिरी केवलकारको नाममा चन्द्र ढकालले राष्ट्रपति,प्रधानमन्त्री,मन्त्री र सेलिव्रेटीहरुको दुरुपयोग गरे । ठ्याक्कै उही सीप र शैली अपनाउँदैछन् उनी । कुनै समय वित्त कम्पनीमा लेखापालको रुपमा कार्यरत टीकाराम केही बर्षदेखि डाक्टर बनेका छन्,आर्युेवेदका ज्ञाता बनेर सर्वसाधरणको स्वास्थ्यमाथि खेल्दैछन् तर नियामक निकाय भुत्ते भएपछि टीकारामजस्ता पात्रहरुको उदय हुनु,छोटो समयमै उनीहरु मालामाल हुनु कुन नौला कुरा भयो र ?

आइए तह पढेका टीकारामलाई अहिले मध्यवानेश्वरतिर भेटिन्छ । त्यहाँ उनको कम्पनी छ,सप्तऋृषि आर्युेवेद प्रा.लि । यही आयुर्वेदले अहिले भ्रमपूर्ण विज्ञापन गरेर सर्वसाधरणलाई उल्लु बनाइरहेको छ । न डाक्टरीको पढाइ न फार्मेसीको ज्ञान । तर पनि यी नक्कली डाक्टरले उपचार गर्दछन्,पागलपनदेखि क्यान्सरसम्मको । यस अघि उनी भारतमा ५५० पर्ने आयुर्वेदिक औषधिलाई यहाँ क्यान्सरको औषधि भन्दै २० देखि २५ हजारसम्म लिएर विक्री वितरण गर्दै आएका थिए । पछि भारतको राजस्थानबाट त्यो औषधि बिक्री हुन छाड्यो । काठको धुलोलाई क्यान्सरको औषधि भन्दै विक्री वितरण गरिएको र सर्वसाधरण ठगिएको थाहा भए पछि पुख्यौली घर झापा भएका टीकारामले यस अघि विभिन्न रोग ठीक पारिदिने भन्दै भ्रम फैलाएर औषधी विक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी परेको भए पनि शक्तिकेन्द्रको आडमा उनी अहिलेसम्म बच्दै आएका छन् ।

कुनै पनि औषधिजन्य पर्दाथको विक्री वितरण गर्नका लागि सरकारी निकाय औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने हुन्छ तर टीकारामको सप्तऋृषि आर्युेवेद कम्पनीले बेच्दै आएको श्रीकेश तेल औषधी व्यवस्था विभागमा दर्ता समेत भएको छैन । आयुर्वेद चिकित्सा परिषद ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेद चिकित्सा व्यावसया गर्नका लागि दर्ता नभएका चिकित्सकले यो व्यवसाय गर्न पाइँदैन । यो ऐनको दफा ५.१.१ अनुसार दर्तावाला चिकित्सकले बाहेक अरु कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले आयुर्वेद चिकित्साको व्यावसाय गर्न पाउने छैन ।

यो ऐन अनुसार बुढाथोकी चिकित्सक होइनन् । तर, उनले आयुर्वेद चिकित्साको उत्पादन भन्दै श्रीकेश तेल विक्री गर्दै आइरहेका छन् । त्यो पनि सरकारी निकायमा दर्ता समेत नगरी । औषधि व्यवस्था विभागका एक अधिकारीका अनुसार,उक्त तेल उत्पादक कम्पनी औषधि व्यवस्था विभागमा दर्ता भएको छैन । वडा कार्यालयमा दर्ता गरेर खुलेआम औषधिका नाममा सर्वसाधरणलाई उल्लु बनाउँदै ठग्दै आइरहेको छन्,टीकाराम बुढाथोकीले । आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा. रुपेन्द्र पुरीले उनले यो तेलबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । “औषधी व्यवस्था विभागमा दर्ता हुनुपर्छ तर सप्तऋशी आयूर्वेद नामको संस्था औषधि व्यवस्था विभागमा दर्ता नै भएको छैन,” उनले भने,“ हामीले यहाँ दर्ता गरिसकेपछि उक्त संस्थाले के कस्तो औषधि उत्पादन गर्ने हो भनेर यसको चेकजाँच गर्ने हो । तर यो संस्था विभागमा दर्ता नै नभएका कारण हामीलाई यस विषयमा जानकारी भएन ।”

उक्त कार्यालयमा न कुनै चिकित्सक छन् न परीक्षणको लागि ल्याब नै छ। न वैधानिक स्वास्थ्यकर्मी छन । खुलेआम डाक्टरको भेसमा मान्छे ठग्ने बुढाथोकी आफ्नो व्यवसाय वृद्धि गर्नका लागि कलाकारदेखि नेताहरूलाई प्रयोग गरिरहेका छन् । सप्तऋृषिकै उत्पादन भनिएको श्रीकेश आर्युेवेदका नाममा सर्वसाधरणलाई ठगिदै आएको छ । भ्रामक विज्ञापन गरेर सर्वसाधरणलाई ठग्दा समेत नियामक निकाय कालमा तेल हालेर बसेका छन् । उक्त तेलको प्रचार गर्नका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओल, हाँस्य कलाकार जितु नेपाल, हरिवंश आचार्य, गायक सुगम कार्कीहरुलाई प्रयोग गर्दै व्यापक प्रचार गरिरहेका छन,भनिएको छ झरेको कपाल उम्रिन्छ ।

तर चिकित्सकहरु नै यो विज्ञापन भ्रमपूर्ण हो भन्दैछन् । प्रति बोत्तल ३ हजार रुपैयाँमा विक्री हुँदै आएको यो तेल वैज्ञानिक र प्रमाणित नहुँदै करोडौँको विक्री भइसकेको छ । तर, सरोकारवाला निकायले भने कुनै चासो दिएका छैनन् । के भन्छ श्रीकेश उत्पादन गर्दै आएको सप्तऋशी आयुर्वेद संस्था ? झापा घर भई काठमाडौँमा ठगी धन्दा गर्दै आएका टिकाराम बुढाथोकी नामकी व्यक्तिलाई पूर्वको विजय शाही भन्दा पनि फरक नपर्ला । यसरी सर्वसाधरणलाई उल्लु बनाएर टीकारामले करोडौंको तेल बेचेर कर समेत छल्दै आएका छन् तर यिनलाई सनासो लगाउन सक्ने कुनै सरकारी अधिकारी निस्किएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *