केयुकेएलले अहिलेसम्म पाएन अध्यक्ष, मन्त्री राई रमिते

राजनीति समाचार

काठमाडौं । गर्मी मौसम लागेसँगै उपत्यकाभित्र खानेपानीको हाकार मच्चिरहेको छ । मेलम्चीको पानी उपत्यकावासीले पाए तापनि त्यसको उचित वितरण व्यवस्था हुन नक्दा खानेपानीको अभाव त्यत्तिकै छ । नेकपा एमालेबाट खानेपानीमन्त्री बनेका राजेन्द्र राईले पनि खानेपानी व्यवस्थापनमा काम गर्न सकेका छैनन् । अझै पनि उपत्यकाभित्र खानेपानीका पुराना खिया लागेका पाइपहरु यथवत छन् । मेलम्ची खानेपानी आयोजनाको पानी आइसक्दा पनि सबै ठाउँमा व्यवस्थित ढंगले पाइप बिछ्याउन नसक्दा जताततै पानी खेर गइरहेको छ ।

तर, उपत्यकावासीहरुले पानी खान पाएका छैनन् । मेलम्चीको पानी सबैतिर पु¥याउन सक्ने हो भने ट्याङकर र जारकोे पानी किनेर खानुपर्ने थिएन । त्यसैले पनि पानी व्यवसायी र खानेपानीका कर्मचारीको मिलेमतोमा मेलम्चीको पानी वितरण व्यवस्थापन छिटोछरितो तरिकाले हुन सकेको छैन । खानेपानी संस्थानका पानी वितरण गर्ने कर्मचारीलाई केही किसान र ठूला धनीमानीहरुले घुसबापत केही पैसा दिएको खण्डमा खानेपानी छाडिने गरिन्छ । नत्र भने त्यस एरियामा महिनौंसम्म पानी छाडिँदैन । खानेपानीका कर्मचारीकै कारणले त्यसको दोष सधैं सरकार र मन्त्रीले खेपिरहनुपरेको छ ।

उपत्यका खानेपानी केयुकेएलले सञ्चालक समितिको अध्यक्ष समेत छान्न सकेको छैन । केयुकेएलका तत्कालीन अध्यक्ष तिरेश खत्रीले गत चैत ८ गते जागिरबाट अवकास पाएसँगै केयुकेएल सञ्चालक समितिले अध्यक्ष छान्न सकेको छैन । केयुकेएलका सिइओ अशोक पौडेल पनि लामो समयदेखि अफिस नआएर विदेशतिर गएको बताइन्छ । यता खानेपानी मन्त्री राईले केयुकेएल सम्बन्धी कुनै जानकारी राखेका छैनन् । कुनै बेला राजेन्द्र राई चर्चित नेताको रुपमा मानिन्थे । अहिले तिनै राई खानेपानी मन्त्री भएपनि उपत्यकावासीले खानेपानीको अभाव खेपिरहनुपरेको छ ।

तर, खानेपानीमन्त्री राई भने गुमनामजस्तै छन् । मन्त्री र सम्बन्धित कर्मचारीले चासोका साथ काम गर्ने हो भने उपत्यकामा खानेपानी अभाव हुने थिएन । अहिले मेलम्चीको पानीले उपत्यकाका अधिकांश सडकहरु पाइप फुटेर, कतै पाइप समयमा नविछ्याएको कारणले हिलाम्मे भइराखेका देखिन्छ । तर, उपभोक्ताले पानी किनेर खानुपर्ने अवस्था विद्यमान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *