मालपोत र नापीमा सधैं सचिव दुवाडीको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । नेपालमा पहिला स्थायी सरकार हुँदा कर्मचारी सरुवा, बढुवा पनि भदौ÷असोतिर वर्षमा एक पटक गरिन्थ्यो । तर, प्रजातान्त्रहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा कुनै पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउँदा पनि कुनै सरकार पाँच वर्ष टिक्न सकेन । सरकार टिक्न नसक्नुको मुख्य कारण कर्मचारी प्रशासन हो । मुलुकमा व्यवस्था फेरिएन पनि कर्मचारी प्रशासनमा अवस्था फेरिन सकेन । त्यसको असर अहिले नेपालको अर्थतन्त्रमा परिरहेको छ । राजनीतिक दलहरुले एकल बहुमतको सरकार बनाउँदा पनि पाँच वर्ष चलाउन नसक्दा विकास निर्माणदेखि न्याय सम्पादन, कर्मचारी प्रशासन, सुरक्षा निकाय र विभिन्न बैंक तथा वित्तीय संस्थाहरु धरासायी बन्दै गए । अझै राजनीतिक दलहरुको यस्तै अवस्था रहिरहने हो भने देश कतातिर जाने हो त्यो निश्चित छैन । उदाहरणको लागि नयाँ गठबन्धन सरकार बनेको दुई महिना पुगिसक्दा पनि सरकारले गति लिन सकेको छ्रैन ।

बरु उल्टै सरकारमा सामेल दलहरु टुटफुटतिर जान थालेका छन् । सरकारले काम गर्नुभन्दा पनि बेमौसमा कर्मचारी सरुवा गरेर गाईजात्रा देखाइरहेको छ । सरकार बनेको दुई महिनामा ६ पटक सचिव सरुवा मात्रै गरेको छ । सरुवा गर्नुपर्ने सचिवहरुलाई सरुवा नगरी अन्यलाई सरुवा गरेर हुन लागेका काम पनि तहसनहस बनाइरहेको छ । त्यसको उदाहरण लिन सकिन्छ भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई । भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी विगत लामो समयदेखि सो मन्त्रालयमा राज गर्दै आएका छन् । दुवाडी घुस खान र शक्तिकेन्द्रलाई खुवाउन माहिर छन् ।

अन्य मन्त्रालयका सचिवहरु सरकार फेरिनासाथ सरुवा भएका छन् भने दुवाडी जुन सरकार आएपनि भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा राज गरिरहेका छन् । सचिव दुवाडेले कर्मचारी सरुवा गर्ने समय नहुँदा पनि भटाभट मालपोत र नापीका कर्मचारीहरुलाई सरुवा गरेर मोटो रकम असुलिरहेका छन् । उनले नापीका सर्वेक्षक र अधिकृतअरुलाई धमाधम सरुवा गरेर अन्य मालदार कार्यालयमा पठाएर असुलउपर गरिरहेका छन् । उता मालपोत अधिकृतहरुलाई पनि सरुवा गर्दै मोटो नजराना लिँदै आएका छन् । उदाहरणको लागि ललितपुर मालपोत कार्यालयका अधिकृत ऋषिकुमार दाहाललाई लिन सकिन्छ । दाहाललाई ललितपुर मालपोत कार्यालयको अधिकृत भएको ६ महिना नबित्दै मकवानपुर पु¥याइएको छ ।

यतिबेला ललितपुर मालपोत कार्यालय अकृतिबिहीन बनाएर बार्गेनिङ गर्ने ठाउँ बनाएका छन् सचिव दुवाडीले । त्यसैगरी चाबहिल मालपोत कार्यालयका अधिकृत चन्द्रप्रसाद कोइरालालाई ८ महिना नपुग्दै हरिवन मालपोत कार्यालय सर्लाही पठाएर हालसालै अधिकृतबाट उपसचिवमा बढुवा भएका दीपेन्द्रबहादुर खत्रीलाई चाबहिल मालपोतमा लगिएको छ । त्यसैगरी ललितपुर मालपोतमा रजिष्ट्रेशन शाखामा कार्यरत लक्ष्मण भट्टराई र बखतबहादुर विष्टको राज चलिरहेको छ । यी दुई भाइ मन्त्री र सचिवलाई रिझाएर ललितपुर मालपोतको रजिष्टे«शन शाखामा डेरा जमाउन सफल भएका छन् । भट्टराईले त मन्त्री र सचिवलाई हप्तावारी दिनुपर्छ भन्दै ललितपुर मालपोत कार्यालयका प्रत्येक शाखाबाट रकम उठाउने गरेको बताइन्छ ।

गत दशैंको बेलामा पनि प्रत्येक शाखाबाट मन्त्री र सचिवलाई दिनुपर्छ भन्दै करिव दुई लाख हाराहारी पैसा उठाएर आफैले खाएको बताइन्छ । हुन त भट्टराई खान र रिझाउन माहिर व्यक्ति हुन् । कति उठाएर कति बाँड्छन् कति आफैले खान्छन् त्यो चाहीं ठूलो करा हो । भट्टराई पहिला डिल्लीबजार मालपोतमा बस्दा घुस लिँदालिँदै अख्तियारले रंगेहात पक्राउ गरेका व्यक्ति हुन् । त्यतिबेला भट्टाराईले घुस लिएको मुद्दा अख्तियारले विशेष अदालतमा दायर गर्दा पनि अदालत र अख्तियारका कर्मचारीलाई ठूलो रकम बुझाएर चोखिएका थिए । सो मुद्दाबाट चोखिएपछि सधैं मालपोत कार्यालयमै बस्न सफल भएका छन् । उनले भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्तिमाथि कुनै निकायले छानविन गर्ने आँट गर्न सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *