काठमाडौं । उपाय छैन, संसदमा १८ सिट छ । त्यो पनि नेकपा एमाले अध्यक्ष केपी ओलीले खबरदारी गर्दै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा बनाउनका लागि काखी च्यापेर प्राप्त उपलब्धि हो । संगठन जिल्लामा छैन । जसले धानेका छन्, तिनले पार्टी अध्यक्ष माधवलाई विश्वास दिलाएका छन् । तिनकै कारण अध्यक्ष नेपालको धरातल छैन । संघीय संसदको १० पार्टी प्रधानमन्त्री हुन्छु भन्छ, कांग्रेसलाई उचाल्छ, एमाले थचार्छ । यो चलखेल चल्दै गर्दा जसपा फुटेको छ ।
ठाउँ पाउँदा काम नगर्ने हैसियत बिनाका व्यवहारले मन्त्री पद लिने, मौकामा काम देखाउन नसक्नेकै हाउगुजीमा माओवादी डुबेका छन् । प्रधानमन्त्री बन्न नपाउँदा रुने अवस्था माधव नेपालको छ । त्यो झनै चर्किँदै छ, पार्टी फुटाउँदै छन् । झलनाथ खनाल र महासचिव घनश्याम भुसाल मात्र होइनन्, डा.बेदुराम भुसालसमेत वाम एकता पक्षधर हुन् । तर माधवले केपी ओलीको रिसमा जे बोल्दैछन्, त्यसले १० सिटे पार्टीको हैसियत अब देखिन्छ । सैद्धान्तिक गठबन्धन हिजो पनि थिएन । कार्यक्रम त संविधान र संसदको रक्षा हो ।
गणतन्त्रको सुदृढीकरण सबैको एजेण्डा थियो । तर अहिले माधव सैद्धान्तिक कुरा गर्छन । माधव नेपालको भनाई प्रधानमन्त्री बन्न पाइएन भन्ने हो । माधवलाई आफु प्रधानमन्त्री बन्न कांग्रेससँग मिल्नु ठिक प्रचण्ड केपीसँग मिल्नु बेठिक भयो कसरी ? संसदको अंकगणितलाई संसदीय व्यवस्थामा जोड दिइन्छ । आजको व्यवस्था संसदीय हो । त्यहाँ न त सामयवाद छ न त समाजवाद छ । यहाँ त लुट वाद छ । माधवका मन्त्री कति सक्षम भए त्यसको नमुना काठमाडौं, भक्तपुर द्रुत बस सेवा हो । जुन योजना परीक्षण भयो, सफल भएन । राज्यले लाखौं खर्च ग¥यो ।
आफु सक्षम नहुने अरुको खेदो खन्न गलत परम्परा माधवले पनि तोड्न सकेका छैनन् । जहाँ इच्छा, त्यहाँ उपाय भन्छन् । कतै माधव आफ्नो असन्तुष्टीबाट भएका सांसद पनि एमालेमे जाउन भन्नेमा त छैनन् । अब त शंका धेरै भयो । किनकि एकीकृत समाजवादीका नेता केन्द्रिकृत भएका छन् । जनताको सरोकार यिनले देख्दैनन् । आर्थिक रुपमा बद्नाम भएकाहरु पार्टीमा नांगै भएका छन् । जनताको चासो नहुँदा पार्टीको संरचना बढेको छैन । अरुको रिस गर्दा आफै सकिन्छ भन्ने कुरा बुझेनन् । सत्य पच्दैन ।