काठमाडौं । सहकारी ठगी प्रकरणका नायक गृह तथा उपप्रम रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनको नाममा लिएको ऋणले संसद अवरुद्ध गराएको छ । कांग्रेसका सांसद तथा सामाजिक विकास समितिका सभापति रामहरी खतिवडाको जिल्लाबासी जीबी राईलाई भगाउने काम भयो । राईका कार्यक्रममा खतिवडा प्रमुख अतिथि भएर पुग्थे । तत्कालीन समयमा सहकारी पीडितसँग सहमति गर्दा प्रहरीको सिआइबीले छानबिन गर्ने भनियो । सूर्यदर्शन सहकारी पोखराबाट ऋण लिँदा रवि नै देखिए । शाही बचत कालिमाटी र सहारा बचत सहकारीसँग गृहमन्त्री पत्नी जोडिएकी छिन् ।
कांग्रेसका दुईथरी चरित्र छन् । महामन्त्री गगन थापा गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने मै जोड दिन्छन् । तर यस विषयमा राम्ररी खतिवडा बोल्दैनन् । किनकि राई र खतिवडा व्यावसायिक साझेदार हुन् । राईलाई कांग्रेस माओवादी गठबन्धनको सरकारले भगाएको बताएर रवि लामिछाने बद्नाम भएका छन् । गृहमन्त्री नहुँदासम्म संसदमा चर्काे बोल्ने रवि नै हुन् । उनले मिनेटभरमा राई पक्रन सकिन्छ भन्थे । तर पछिल्लो गठबन्धनमा उनी गृहमन्त्री छन् । सरकारकै निकायको छानबिनले गृहमन्त्री नै ठगीमा जोडिएका छन् ।
ठगी धन्दामा संचारकर्मीकै समयदेखि रविको सहभागिता थियो । पुडासैनी मृत्यु प्रकरणमा पनि यी जोडिए । चितवनबासीले उनको अपराध देखेनन् । अहिले सरकारमा बसेर अघिल्लो सरकारको भण्डाफोर गर्दा आफु नांगिएको रविले पत्तो पाएनन् ।